Saturday, February 24, 2024
spot_img
Homeफिचरवीरगन्ज महानगर : विजय सरावगीको सक्रियता बढ्यो , भेटघाट र छलफल निरन्तर...

वीरगन्ज महानगर : विजय सरावगीको सक्रियता बढ्यो , भेटघाट र छलफल निरन्तर जारी


वीरगन्ज,१२ बैशाख /

नेकपा एमालेका तर्फबाट वीरगन्ज महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएका विजय सरावगी आफ्नो सक्रियता बढाएका छन ।

गत सोमबार महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएपछि सरावगी आफ्नो सक्रियता बढाएका हुन ।

अहिले सरावगी नेकपा एमालेका विभिन्न भातृ संगठनहरु संग भेटभाट र छलफल गरीरहेका छन ।
आज बुधबार उनी वीरगन्ज महानगरपालिकाको वडा नम्बर २ का घरदैलो गरेका थिए ।
घरदैलोमा प्रमुखका उम्मेदवार सरावगी र उपमेयरका उम्मेदवार पुरुषोतम लाल झा सहितका नेताहरु सहभागी भएका थिए ।

यस्तै अपरान्ह एमाले निकट अखिल नेपाल पिछडावर्ग ओविसी महासंघ पर्साका युवाहरू चुनावी छलफल गरेका छन ।

निर्वाचनलाई आफ्नो पक्षमा पार्न युवाहरुको सहयोग अति आवश्यक रहेकाले युवाहरुलाई बढि प्राथमिकता साथमा छलफल गरेका हुन ।

त्यो संगै सरावगी मुस्लिम धर्मालम्वीहरुको रामजानको ईफतारी कार्यक्रममा सहभागी छन । वीरगन्ज १२ मुर्लीमा आयोजना भएको रामजानको ईफातारीमा सहभागी भएका हुन ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: