Friday, March 1, 2024
spot_img
Homeफिचरजितपुर सिमरा उपमहानगरपालिका : वडा नम्बर ९ को भुदेव चौधरी अधिकारीक उम्मेदवार

जितपुर सिमरा उपमहानगरपालिका : वडा नम्बर ९ को भुदेव चौधरी अधिकारीक उम्मेदवार

वीरगन्ज,१४ बैशाख /

बाराको जितपुर सिमरा उपमहानगरपालिकामा वडा नम्बर ९ मा नेकपा एमालेबाट वडा अध्यक्ष पदमा उम्मेदवार बनेका भुदेव चौधरीको उम्मेदवारी यथावत रहेको छ ।

जितपुर सिमरा उपमहानगरपालिका निर्वाचन कार्यालयका अनुसार नेकपा एमालेबाट वडाअध्यक्ष पदमा उम्मेदवारी दिएका चौधरीको उम्मेदवारी यथावत रहेको हो ।

निर्वाचन कार्यालयका अनुसार वडा अध्यक्ष पदको अधिकारीक उम्मेदवार चौधरी नै रहेकाले पार्टीको प्रचार प्रसार गर्न सक्ने जनाएको छ ।

विगत लामो समयदेखि कम्युनिष्ठ राजनितिमा सक्रिय रहेका चौधरी यसपटक वडा अध्यक्ष पदमा निर्वाचित हुने स्थानीयहरुबासीको भनाई छ ।

स्थानीयहरुका अनुसार यसपटक वडाध्यक्ष पदको उम्मेदवार मध्येका सबै भन्दा बलियो उम्मेदवारको रुपमा चौधरी नै रहेका छन ।
विगत सालमा चौधरी पटक पटक साविक छातापिपरा गाबिसको मुखिया भईसकेका छन ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: