Saturday, February 24, 2024
spot_img
Homeफिचरपोखरिया अस्पतालमा पहिलोपटक शल्यक्रियाबाट शिशुको जन्म

पोखरिया अस्पतालमा पहिलोपटक शल्यक्रियाबाट शिशुको जन्म

वीरगन्ज,१४ बैशाख /

पर्साको दोस्रो सदरमुकाम भनेर परिचित पोखरिया नगरपालिकास्थित पोखरिया अस्पतालमा मंगलबा। पहिलोपटक शल्यक्रिया भएको छ । अस्पताल स्थापना भएको लामो समय बितिसक्दा पनि यो अस्पतालमा शल्यक्रिया गरिएको थिएन ।

वीरगंज उद्योग वाणिज्य सङ्घ र निक साइमन संस्थाले शल्यक्रियाको लागि आवश्यक यन्त्र र प्राविधिक सहयोग गरेपछि चैत १ गते उद्घाटन भएको थियो । उद्घाटन भएको करीब डेढ महीनापछि आज पहिलोपटक सफल शल्यक्रिया भएको मेडिकल सुपरिटेन्डेन्ट डा सञ्जय गुप्ताले बताए । उनीसहित डा मोताब अन्सारी सम्मिलित प्राविधिक टोलीले वीरगंज महानगर प्रसौनी घर भई माइती धोबिनी गाउँपालिका–३ हरपुर निवासी गर्भवती चन्द्रमाला देवीको शल्यक्रिया गरेको हो । उनको यसअघि एक छोरा र एक छोरी छन् । पहिलो शल्यक्रियाबाट छोरा जन्मेको मेसु डा गुप्ताले बताए । दुवैजनाको अवस्था सामान्य रहेको उनले जानकारी गराएका छन् ।

लोसपाका नेता नेजामुद्दीन समानीले लामो सङ्घर्षपछि पोखरिया अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन भएको र यस भेगका मानिसहरू खुशी भएको बताए । उनले शल्यक्रिया गराउन वीरगंज जानुपर्ने अवस्था अब रोकिएको जानकारी गराए ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: