Sunday, March 3, 2024
spot_img
Homeफिचरदर्जनौ युवाहरु जसपा परित्याग गरी एमालेमा प्रवेश

दर्जनौ युवाहरु जसपा परित्याग गरी एमालेमा प्रवेश

वीरगन्ज / वीरगन्ज महानगरपालिकाका मेयर पदका उम्मेदवार एमाले नेता विजय कुमार सरावगी प्रति समाजवादी युवाहरु प्रभावित भई नेकपा एमाले प्रवेश गरेका छन । जनता समाजवादी पार्टी (जसपा) निकट समाजवादी विद्यार्थी युनियनका विद्याथर्थी नेता वडा २२ मनियारीका पवन यादवको नेतृत्वमा आज २० जना युवाहरुको समूह नेकपा एमालेमा प्रवेश गरेका छन् ।

नव प्रवेशीहरुलाई नेकपा एमालेका वीरगन्ज महानगरपालिकाको प्रमुखका उम्मेदवार बिजय कुमार सरावगी लगायतले पार्टीमा स्वागत गरेका हुन । उनीहरुलाई स्वागत गर्दै नेता सरावगीले एमालेको महत्वलाई बुझेर युवाहरुले पार्टी प्रवेश गरेकोमा खुशी व्यक्त गर्नुभयो । साथै सरावगीले निवार्चनमा निर्धक्क भई भयरहित वातातरणमा सम्पुर्ण मतदातालाई मत हाल्ने वातारणको श्रृजना गरि आफ्नो जिम्मेवारी निर्वाह गर्न पनि नव प्रवेशी युवाहरुलाई आग्रह गर्नुभयो ।

एमालेको सरकारले मात्रै वीरगञ्जको विकासका लागि युवाहरु परिचालन गरि युवा मैत्री समाज निमार्ण गर्ने भन्दै सम्पुर्ण युवाहरुलाई एमालेमा विश्वास गर्न आग्रह गर्नुभयो । उहाँले एमालेलाई बलियो बनाउँदै विजय गराउन आवश्यक रहेकोमा जोड दिंदै वीरगन्जको समग्र विकासका लागि युवाहरुलाई एक जुट हुन आग्रह गर्नुभयो । उहाँले राजनीतिको खोल ओडेर बाउन्सरिङ गर्ने गुण्डागर्दी गर्दै हिँड्नेहरुलाई युवाहले तह लाउने बेला आएको बताउँनु भयो ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: