Thursday, April 18, 2024
spot_img
Homeफिचरपरवानीपुर गाँउपालिका : लोसपाका हरिनारायण साह आउट , जगतनारायणको ईन्ट्री

परवानीपुर गाँउपालिका : लोसपाका हरिनारायण साह आउट , जगतनारायणको ईन्ट्री


गाँउपालिका अध्यक्ष साहको समाजिक संजालमा रोईलो


वीरगन्ज, १३ बैशाख /

२०७४ सालको स्थानीय निर्वाचनमा तत्कालिन राजपाबाट परवानीपुर गाँउपालिका अध्यक्षमा निर्वाचित भएका हरिनारायण साहलाई पार्टिले यसपटक टिकट नदिएर पाखा लगाएको छ ।
गाँउपालिका अध्यक्षमा साह निर्वाचित भएकै समय देखि जनभभावना विपरितका काम गरेको आरोपमा टिकट पाएका छैन ।
हरिनारायण आफ्नो कार्यकालमा जनताको गुनासो र समस्या समाधान गर्नु भन्दा राजा शैलीमा कार्यकाल विताए ।
उनी बारा क्षेत्र नम्बर नम्बर ४ का प्रतिनिधि सभा सदस्य एकबाल मियाँ निकटका व्यक्ति हुन । तर यसपटक हरिनारायणको ठाँउमा प्रदेश सभा सदस्य जितेन्द्र सोनल निकट रहेका जगतनारायण महतो गाँउपालिका अध्यक्षको टिकट पाएर उम्मेदवारी गराएका छन ।
हरिनारायणले यसपटक पनि गाँउपालिका अध्यक्षको टिकट आफुले पाउने अडान राखेका थिए । तर नेतृत्वले उनलाई बाईपास गरेको छ ।
उम्मेदवारी दर्ताको दिन हरिनारायणले टिकट नपाएपछि तयारी अवस्थामा राखेका पार्टीका झन्डा नै जलाएका छन ।
हरिनारायणले आफ्नो घरको पछाडीको खेतमा तयारी गरेका सबै समाग्री नै जलाएका हुन ।
अहिले उनी समाजिक संजालमा आफ्नो असन्तुष्टि पोखिरहेका छन । मंगलबार बिहान हरिनारायण आफ्नो फेसबुकमा लेखेका छन ,आपने जनमतको रुलाया है ,अन्जाम …………..। यसले उनी दुखमा रहेको देखाउँछ ।
उनी अहिले सम्म गाँउपालिका अध्यक्ष पदबाट राजिनामा दिएका छन । गाँउपालिकाको गाडी आफ्ै प्रयोग गरीरहेका छन ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: