Thursday, April 18, 2024
spot_img
Homeजीवनशैलीपार्टीले टिकट नदिएपछि सहिदपत्नी विनिताले गरिन् विवेकशील साझाबाट उम्मेदवारी दर्ता

पार्टीले टिकट नदिएपछि सहिदपत्नी विनिताले गरिन् विवेकशील साझाबाट उम्मेदवारी दर्ता

वीरगन्ज,१२ बैशाख /
मधेस आन्दोलन २०७२ का सहिद सोहन कलवारकी पत्नी विनितादेवीले विवेकशील साझा पार्टीबाट वडाध्यक्षमा उम्मेदवारी दर्ता गराएकी छिन्। जनता समाजवादी पार्टीले टिकट नदिएपछि उनले वीरगन्ज महानगर– १६ को वडाध्यक्षमा विवेकशील साझाबाट उम्मेदवारी दर्ता गराएकी हुन्।

मधेसको हक–अधिकारका लागि ज्यान गुमाएका सहिदको परिवारलाई अहिले पार्टीले टिकट नदिएर पैसावालालाई बेचेको उनको आरोप छ। सहिद कलवारको ०७२ भदौ १५ मा प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको थियो। ०७४ को स्थानीय निर्वाचनमा विनितादेवी तत्कालीन संघीय समाजवादी फोरमबाट वडा सदस्यमा निर्वाचित भएकी थिइन्।

वीरगन्ज– १६ का वडाध्यक्ष श्यामबाबु चौरसिया भ्रष्टाचार आरोपमा निलम्बनमा परेपछि उनले तीन वर्ष कार्यवाहक अध्यक्षका रूपमा काम गरेकी थिइन्।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: