Friday, March 1, 2024
spot_img
Homeफिचरवीरगन्ज महानगर : पहिलो दिन मेयरमा १२ जना उम्मेदवारी दर्ता गराए

वीरगन्ज महानगर : पहिलो दिन मेयरमा १२ जना उम्मेदवारी दर्ता गराए

वीरगन्ज,११ बैशाख /
वीरगन्ज महानगरपालिकाको मेयर पदका लागि पहिलो दिन १२ जनाले मनोनयन दर्ता गराएका छन्। राजनीतिक दल र स्वतन्त्र गरी १२ जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए।

मेयरमा नेपाल सद्भावना पार्टी र नेपाल मजदुर किसान पार्टीका तर्फबाट १- १ गरी दलका तर्फबाट दुई जनाले र स्वतन्त्रबाट १० जनाले मनोनयन पत्र दर्ता गराएका हुन्।

वीरगन्ज महानगरको उपमेयर पदका लागि भने पहिलो दिन कसैको पनि उम्मेदवारी नपरेको पौडेलले जानकारी दिए। पहिलो दिन आइतवार महानगरको वडा अध्यक्ष पदका लागि पनि विभिन्न वडाबाट गरी १९ जनाले मनोनयन पत्र दर्ता गराएका छन्।

तीमध्ये नेकपा एकीकृत समाजवादी, राप्रपा, जनमत पार्टी र विवेकशील पार्टीका १(१ जना रहेको र बाँकी १५ जनाले स्वतन्त्रबाट उम्मेदवारी दिएको पौडेलले बताए।

महानगरको दुई पदको वडा सदस्यका लागि २९ जनाले, महिला वडा सदस्यका लागि १० जनाले र दलित महिला वडा सदस्यका लागि ६ जनाले उम्मेदवारी दिएका छन्।

नेपाली कांग्रेस, नेकपा एमाले, जसपा, लोसपा, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टीलगायतका मुख्य दलहरुले मनोनयनका लागि सोमबारको समय लिएको पौडेलले जानकारी दिए।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: