Monday, February 26, 2024
spot_img
Homeफिचरपर्सामा काँग्रेस, एमाले र लोसपाले सोमबार उम्मेद्वारी दर्ता गर्ने

पर्सामा काँग्रेस, एमाले र लोसपाले सोमबार उम्मेद्वारी दर्ता गर्ने

वीरगन्ज,११ बैशाख /

स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गर्न आइतवारका लागि पर्सामा कुनै पनि दलले समय नलिएको जिल्ला निर्वाचन कार्यालय पर्साले जनाएकोे छ ।
स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले आइतवार र सोमबार गरि दुइ दिन बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकेको छ ।तर पर्सामा भने अहिले सम्म आइतवारका लागि कुनै पनि दलले समय नलिएको जिल्ला निर्वाचन कार्यालय पर्साकी प्रमुख रन्जिता झाले जानकारी दिइन् ।
कुनै पनि दलले समय नलिएका कारण आइतवार दलका तर्फबाट उम्मेदवारी दर्ता नहुने बढि सम्भावना रहेको उनले बताइन् ।
झाका अनुसार , तीन दलले सोमबारका लागि समय लिएका छन् ।नेपाली काँग्रेसले सोमबार दिउँसो २ बजेका लागि , नेकपा एमालेले सोमबार अपरान्ह ३ बजे र लोसपाले पनि सोमबार अपरान्ह साढे ३ बजेका लागि समय लिएको झाले जानकारी दिइन् । दलहरुले आइतवारका लागि समय नलिएपनि इच्छुक जोकोही योग्य नेपाली नागरिकले आइतवार पनि आफनो मनोनयन दर्ता गर्न सक्ने झाले बताइन् ।
हरेक दल र इच्छुक योग्य नेपाली नागरिकले आ आफनो पालिकाको कार्यालयमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी दर्ता गर्न सक्ने झाले बताइन् ।
झाका अनुसार , पर्साका १४ पालिका मध्ये वीरगन्ज महानगरका लागि जिल्ला समन्वय समितिको कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।अन्य १३ पालिकाका लागि भने सम्बन्धित पालिकाको कार्यालयमै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
झाका अनुसार , पर्सा जिल्लामा ६ वटा राष्ट्रिय दल सहित ३३ वटा दल दर्ता रहेका छन् ।
यसअघिको पालिका चुनावमा मनोनयन दर्ता गर्नको लागि एक दिन मात्रै तोक्दा दल र कर्मचारी दुवैलाई चाप परेको कारण यो पटक दुई दिन समय तोकेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: