Friday, March 1, 2024
spot_img
Homeफिचरवीरगन्जमा उम्मेदवारी माग्दैं महिलाहरुको विरोध प्रदर्शन

वीरगन्जमा उम्मेदवारी माग्दैं महिलाहरुको विरोध प्रदर्शन

वीरगन्ज,१० बैशाख /

स्थानीय तहको निर्वाचनमा महिलाको सहभागीता शून्य पार्न राजनीतिक दलहरु लागेको भन्दै त्यसको विरोधमा शनिबार वीरगन्जमा महिलाहरुले विरोध प्रदर्शन गरेका छन्। वीरगन्ज महानगरमा गठबन्धनको बहानामा कुनै पनि पद मेयर वा उपमेयरमा महिलालाई उम्मेदवार नबनाउने षडयन्त्र दलहरुले गरेको भन्दै महिला नेतृत्वहरुले विरोध प्रदर्शन गरेका छन्। चुनावी तालमेल गरेका सत्तगठबन्धनले वीरगन्ज महानगरको मेयरमा जसपाका राजेशमानलाई उम्मेदवार बनाउने निश्चित छ। उपमेयरको भाग पाएको कांग्रेसले पनि उपमेयरमा पुरुष नेताकै नाम अगाडि सारेको छ। उता चुनावी तालमेल गरेका एमाले र लोसपाले पनि मेयर र उपमेयर दुवै पदमा पुरुष उम्मेदवारकै नाम अगाडि सारेका छन्।

त्यसैको विरोधमा कांग्रेस, लोसपा, जसपालगायतका दलका महिला नेतृ र अन्य संघसंस्थाका महिला अगुवाहरुले वीरगन्जमा शनिबार विरोध जुलुश निकालेर विरोध प्रदर्शन गरेका हुन्। घण्टाघर चोकबाट नाराबाजी गर्दै सुरु भएको महिलाहरुको विरोध जुलुश नगरपरिक्रमा पछि पुन घण्टाघर चोकमै फर्किएर कोणसभामा परिणत भएको थियो।

जुलुशमा सहभागी महिला नेतृ र कार्यकर्ताहरुले संविधान अनुसार चुनावमा महिलाको सहभागीता सुनिश्चित गर, महिलाको सहभागीता सुनिश्चित गर, पुरुषवादी सोच मुर्दावाद, महिला माथि हुने हिंसा बन्द गर जस्ता नारा लगाएका थिए।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: