Friday, March 1, 2024
spot_img
Homeफिचरबेल्वाका २ सय जना एमाले प्रबेश गरे

बेल्वाका २ सय जना एमाले प्रबेश गरे

वीरगन्ज ,१० बैशाख ।

वीरगन्ज महानगरपालिका ३१ बेल्वाका अगुवा राजनीतिक कार्यकर्ताहरु एमालेमा प्रबेश गरेका छन । गत स्थानीय तहको निर्बाचनमा जसपाबाट वडा अध्यक्षमा चुनाब लडेका जितेन्द्रले झिनो मतले पराजित भएका थिए । जसपाका पर्सा जिल्ला कार्य समितीका सदस्य समेत रहेका यादब सहित झण्डै दुइ सय जना आज एमाले प्रबेश गरेका हुन । उनीहरुलाई एमाले बीरगंज महानगरपालिकाको निर्बाचन परिचालन कमिटीको कार्यालयमा पार्टीका नेताहरुले खादा र अबिरको रातो टिका लगाएर एमालेमा प्रबेश गराएका हुन । उनीहरुलाई एमालेका नेतहरु प्रभु हजरा, निर्मला देबकोटा, बिचारी यादब, बसुरुद्दिन अन्सारी, बीरगंज महानगरपालिकाको प्रमुख बिजय कुमार सरावगी, शिव गुप्ता, इमाम हुसेन खुर्रम अन्सारी लगायतले उनीहरुलाई पार्टीमा स्वागत गरेका हुन । पार्टी प्रबेश गर्नेहरुमा जितेन्द्र यादब, प्रयाग भण्डारी, रसिद अन्सारी, शेष अब्दुल कैष, सुरज पटेल, सिकेन्द्र महतो, सुनिल पासवान, जितेन्द्र हजरा, असर्फी पासवान, सेषनाथ साह,जोखन राम, खलिल अन्सारी, सन्तोष राम, नुरुल्लाहा हसन, हारुन अन्सारी, शेख फैयाज, राजेश्वर महतो, शम्भु महतो, डंकन माझी, प्रभुमाझी, भुटी महतो, बुनिलाल प्रसाद यादब, सुरेन्द्र मण्डल, रमेश प्रसाद मण्डल, शेष अतिउल्लाहा, शेष शेर महमद, शेष लाल महमद, लतिफ अन्सारी, शेष महमद, सुभाष गुप्ता लगायत रहेका छन। ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: