Thursday, April 18, 2024
spot_img
Homeफिचरवीरगन्जबाट मधेश खबर र रातो पाना डटकम संचालनमा

वीरगन्जबाट मधेश खबर र रातो पाना डटकम संचालनमा

वीरगन्ज,१० बैशाख /

वीरगञ्जबाट संचालनमा आएको मधेश खबर र रातो पाना अनलाईनको आज उद्घाटन गरिएको छ । वीरगञ्जको पानीट्यांकीस्थित कार्यालयको मधेश प्रदेशका उर्जा तथा खानेपानी मन्त्री ओमप्रकाश शर्मा, पर्सा क्षेत्र नम्बर १ का प्रतिनीधि सभा सदस्य प्रदीप यादव लगायतले सयुँक्त रुपमा उद्घाटन गरेका हुन् ।

मधेश खबरका सञ्चालक एवम् प्रबन्धक क्रान्ति शाहको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मधेश प्रदेशका मन्त्री शर्माले अनलाई सञ्चालन गर्न चुनौती रहेको बताए । चुनौतीहरुको सामना गर्दै अनलाईन सञ्चालन गर्ने आँट गरेकोमा बधाई तथा शुभकामना दिँदै मन्त्री शर्माले गुणस्तरीयताका साथ निरन्तरता दिन आग्रह गरे ।

पर्सा क्षेत्र नम्बर १ का सांसद यादवले स्वतन्त्र पत्रकारिता बिरलै मात्रै पाइने बताए । पत्रकार राजनीतिक दलभन्दा माथि उठेर निष्पक्ष र स्वतन्त्र हुनुपर्नेमा सांसद यादवको जोड छ । उनले भने, ‘अहिले स्वतन्त्र पत्रकार पाउन निकै कठिन छ ।

कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा। सुवोध कुमार गुप्ताले वीरगञ्जमा पनि व्यावसायीक पत्रकारिताको बिकास भइसकेको बताए ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिव श्याम बन्जारा, पोखरिया नगरपालिकाका निवर्तमान मेयर दिपनारायण रौनियार, उपमेयर सलमा खातुन लगायतले शुभकामना मन्तव्य व्यक्त गरेको रातो पानाका प्रबन्ध निर्देशक अमित अग्रवालले जानकारी दिए ।

रातो पानाका अध्यक्ष श्याम सर्राफले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सहजीकरण मधेश खबरकी सम्पादक माधुरी महतोले गरेकी थिइन् ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: