Thursday, April 18, 2024
spot_img
Homeफिचरसिरहाको मेयरमा लड्न मन्त्री पद छाड्दै प्रमोद यादव

सिरहाको मेयरमा लड्न मन्त्री पद छाड्दै प्रमोद यादव

वीरगन्ज,९ बैशाख /

मधेस प्रदेशका कानून, न्याय तथा प्रदेशसभा मामिला मन्त्री प्रमोद यादवले मेयरमा चुनाव लड्न राजीनामा दिने तयारी गरेका छन् ।

नेकपा एकीकृत समाजवादीले सिरहा नगरपालिकाको मेयर पदका लागि मन्त्री यादवको एकल नाम सिफारिस गरेको हो । मन्त्री यादव मेयरमा लड्न तयार छन् । उनले सकभर आजै सभामुखलाई राजीनामा बुझाउने स्रोतले जनाएको छ ।

मन्त्री पदबाट राजिनामा दिने विषयमा छलफल गरिरहेका उनले नेपाल प्रेसलाई बताए । उनले भने, ‘पार्टीले मेयरमा चुनाव लड्नुपर्ने निर्णय गरेपछि मन्त्री पद छाड्न तयार छौं ।’

सिरहा नगरपालिकामा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्र गठबन्धन गर्न तयार छन् । एकीकृत समाजवादीले मेयरमा यादवलाई सारेको छ । माओवादीले उपमेयरको टुंगो लगाइसकेको छैन ।

नेपाली कांग्रेसका नेताहरू पनि गठबन्धन गर्न सकारात्मक देखिएका छन् । तर, जिल्लामा कांग्रेसको समानान्तर समिति छ । कांग्रेसमा देखिएको आन्तरिक कलहले गठन्धन गर्न समस्या भइरहेको सोही पार्टीका नेताहरू बताउँछन् ।

यता, सत्ता गठबन्धनमा सहभागी जनता समाजवादी पार्टी ९जसपा० एक्लै चुनाव लड्ने तयारी गरिरहेको छ । २०७४ को निर्वाचनमा मेयर जिताउन सफल जसपा अहिले पनि एक्लै अब्बल रहेको भन्दै गठबन्धन गर्ने पक्षमा छैन ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: