Saturday, February 24, 2024
spot_img
Homeफिचरमेयरको उम्मेदवार हुन जसपा प्रदेश सांसदका छोरा एमालेमा प्रवेश

मेयरको उम्मेदवार हुन जसपा प्रदेश सांसदका छोरा एमालेमा प्रवेश

वीरगन्ज,८ बैशाख /

स्थानिय निकाय निर्वाचन नजिंकिदै गर्दा दल बदल्ने र प्रवेश गर्नेहरुको संख्यामा ह्वातै बढोतरी भएको छ । मधेस प्रदेशको बारा जिल्लामा त पार्टी परित्याग र प्रवेश गर्नेको लहर नै चलेको छ ।

आज बिहीवार पनि दल बदल्ने क्रम जारी छ । यसै क्रममा जनता समाजवादी पार्टी जसपा बाराको महागढीमाई नगरपालिका वडा नं १० को वडाध्यक्षमा जितेका चन्दन जैसवाल सहित करिब ५० जना नेकपा एमालेमा प्रवेश गरेका छन् ।

जैसवालसंगै जसपाबाट बारा निर्वाचन क्षेत्र नं २ को क बाट निर्वाचित प्रदेशसभा सदस्य शारदाशंकर प्रसाद साहका छोरा राजाबाबु साह समेत एमालेमा प्रवेश गरेका छन् ।

यसअघी जसपाबाटै महागढीमाई नगरपालिकाको मेयर पदमा दावी गरिरहेका साहलाई पार्टीले उम्मेदवार बनाउने अवस्था नदेखिएपछी मेयरको उम्मेदवार बन्नकै लागी उनी एमालेमा प्रवेश गरेको बुझिएको छ ।

महागढीमाई नगरपालिकाको गञ्जभवानिपुरमा आयोजित एक कार्यक्रमकाबिच उनी एमालेमा प्रवेश गरेका हुन् ।

साहलाई पार्टी प्रवेश गराउन एमाले नेताहरु अच्युत मैनाली, बलबिर चौधरी, शशिकान्त मिश्रा लगातका पुगेका थिए ।

यसअघी २०७४ सालको स्थानिय निकाय निर्वाचनमा सोही पालिकाको मेयर लडेका प्रदेशसभा सांसद शारदाशंकर साह काँग्रेसका उम्मेदवारसंग पराजित भएका थिए ।

मेयर पदमा पराजित भएपनी जसपाले उनलाई प्रदेशसभा सदस्यको उम्मेदवार बनाएको थिए । ठुलै आर्थिक चलखेलमा हारेका व्यक्तिलाई पुनः उम्मेदवार बनाईएको र त्यसमा जसपाकै जिल्ला तथा केन्द्रिय नेतृत्वहरुको संलग्नता रहेको जसपाकै स्थानिय नेताहरुको आरोप छ ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: