Friday, March 1, 2024
spot_img
Homeफिचरवीरगन्ज महानगर : नेकपा एमाले र लोसपा बिच चुनावी तालमेल

वीरगन्ज महानगर : नेकपा एमाले र लोसपा बिच चुनावी तालमेल

वीरगन्ज,८ बैशाख /

नकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी बिच वीरगन्ज महानगरपालिकामा चुनावी तालमेल हुने निर्णय भएको छ ।
अगामी बैशाख ३० मा हुन थालेको स्थानीय निर्वाचनमा वीरगन्ज महानगरपालिकाको मेयर एमालेबाट , उपमेयर लोकतान्त्रिक समाजवादी नेपालबाट लड्ने गरी तालमेल भएको हो ।
बिहिबार वीरगन्जको होटेल भिस्वामा संयुतm पत्रकार सम्मेलनको आयोजना गर्दै अगामी स्थानीयतहको निर्वाचनमा एमाले र लोसपाका उम्मेदवारलाई निर्वाचित गराउन तालमेल भएको जनाईएको छ ।
यस्तै वडातहमा आपसी समझदारी अनुसार उम्मेदवार बनाएर निर्वाचित गराउने पनि निर्णय भएको हो ।
एमालेको तर्फबाट मेयर पदमा विजय सरावगीको नाम सिफारिस गरीसकेको छ । भने लोसपाका तर्फबाट उप मेयरको उम्मेदवार बनाउने टुंगो लागेको छैन ।
लोकतान्त्रिक समाजवादी पार्टीका कार्यकरीणी समिति सदस्य एवं प्रतिनिधि सभा सदस्य लक्ष्मणलाल कर्णले नेकपा एमाले संगको रहेको गठबन्धन स्थानीयतहको निर्वाचनमा पुन गरीएको बताए ।
यो गठबन्धनको उम्मेदवारलाई निर्वाचित गराउन सबैलाई आग्रह गर्दै यो गठबन्धनलाई निरन्तरता दिने बताए ।
दुबै दलबिच भएको सहमतिमा नेकपा एमाले पर्साका अध्यक्ष जयप्रकाश थारु र लोकतान्त्रिक समाजवादी पर्साका अध्यक्ष पुरुषोतम लाल झाले हस्ताक्षर गरेका छन ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: