Friday, March 1, 2024
spot_img
Homeफिचरमाओवादीबाट निर्वाचित ठोरी १ वडाध्यक्ष कुँवर जसपामा प्रवेश

माओवादीबाट निर्वाचित ठोरी १ वडाध्यक्ष कुँवर जसपामा प्रवेश

वीरगन्ज,७ बैशाख /

पर्साको ठोरी गाउँपालिका १ का वडाध्यक्ष रामप्रकाश कुँवर नेकपा माओवादी केन्द्र परित्याग गरी जनता समाज पार्टी जसपामा प्रवेश गरेका छन् ।

जसपाले काठमाडौंमा बुधबार आयोजना गरेको ठोरी(काठमाडौं सम्पर्क मञ्च गठन कार्यक्रममा कुँवर जसपामा प्रवेश गरेका हुन् । वडाध्यक्ष कुँवरलाई जसपाका केन्द्रीय सदस्य अञ्जन शाक्यलगायतका नेताले पार्टी प्रवेश गराएका थिए ।

माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष कुँवर ठोरी गाउँपालिकाको प्रवक्ताको समेत भूमिका निर्वाह गरेका जनप्रतिनिधि हुन् । ठोरीको विकासको सवालमा जसपाका नेताहरुको भिजन राम्रो रहेका कारण आफू जसपामा प्रवेश गरेको कुँवरले बताए ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: