Saturday, February 24, 2024
spot_img
Homeफिचरपर्साका तिन जनप्रतिनिधिले गाडी बुझाए

पर्साका तिन जनप्रतिनिधिले गाडी बुझाए

वीरगञ्ज, ७ बैशाख /

वीरगञ्ज महानगरपालिकाको प्रमुख बिजय कुमार सरावगीले आफुले प्रयोग गर्दै आएको गाडी नगरपालिकामा बुझाएका छन ।

उनले प्रयोग गर्दै आएको ना.१ झ १६९८ नम्बरको गाडी महानगरपालिका कार्यालयमा प्रमुख प्रशासकीय अधिकृत निश्चल राज पाण्डेलाई बुझाएका हुन । मेयर सरावगीले १ करोड ४४ लाखमा खरिद गरी चढ्दै आएका थिए ।

यस्तै मंगलबार जगरनाथपुर गाँउपालिकाका अध्यक्ष जालिम मियाँले पनि सवारी साधन बुझाएका छन । उनले प्रयोग गर्दै आएको बा २ झ ४२४४ नम्बरको हायलक्स गाडी गाँउपालिकाका जिन्सी शाखाका उतम सिंहलाई बुझाए ।

यस अघि सोमबार बहुदरमाई नगरपालिकाका नगरप्रमुख नितेन्द्र साहले पनि आफूले प्रयोग गर्दै आएको गाडी नगरपालिकालाई बुझाएका थिए । साहले प्रयोग गर्दै आएको ना. १ झा १६६१ नम्बरको स्कर्पियो गाडी फिर्ता गरेका हुन् ।

सोमबार दिउँसो साहले गाडीको साँचो निमित्त प्रमुख प्रशासकीय अधिकृत विदुर प्रसाद उप्रेतीलाई हस्तान्तरण गरेका थिए ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: