लोसपा बाराका नेता संजय यादवले एमाले प्रवेश गरे

0
20

वीरगन्ज,७ बैशाख /

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका युवा नेता सञ्जय यादवले पार्टी परित्यागको घोषणा गरेका छन् । पार्टी विधिसम्मत सञ्चालन नभएको, संगठन निर्माण हुन नसकेको, पार्टीमा केही नेताको मनपरी चलेको जस्ता आरोप नेता यादवको रहेको छ ।

उनले पार्टीको साधारण सदस्य समेत त्याग गरेको बताएका छन् । उनी तत्कालीन राजपाको सह महामन्त्री थिए ।
लोसपा बनेपछि हालसम्म कार्यकारिणी समितिबाहेक अरू कुनै समिति बनेको छैन । त्यसमा पनि उनको गुनासो रहेको छ । उनी एमाले पार्टीमा जाने तयारी गरिरहेका छन् ।

स्रोतका अनुसार नेता यादवले एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीसँग पटक–पटक छलफल गरेर एमालेमा प्रवेश गरेका छन

नेता यादवलाई नेकपा एमालेका केन्द्रिय सदस्य अच्युत मैनाली , मधेश प्र्रदेश कमिटि सदस्य रामपाल यादव , आर्दश कोतवाल गाँउपालिकाका अध्यक्ष शेरे मुसतफा लगायतलाई बालकोट लगेका थिए ।

Leave a Reply