Sunday, February 25, 2024
spot_img
Homeजीवनशैलीजितपुर सिमरामा कुटाकुट : वडाअध्यक्ष असलम सहित ४ जना अस्पताल भर्ना

जितपुर सिमरामा कुटाकुट : वडाअध्यक्ष असलम सहित ४ जना अस्पताल भर्ना

वीरगन्ज,६ बैशाख /
बाराको जितपुर सिमरा उपमहानगरपालिका २३ भलुहीमा सडक ढलानको बिषयलाई लिएर दुई पक्षबिच कुटाकुट भएको छ ।

वडाअध्यक्ष असलम देवानले गाँउमा निर्माणधिन सडक ढलानलाई अगाडी बढाउन खोजेपछि बिपक्षी मुस्तकिम अंसारीले ढलान रोक्न खोजेपछि कुटाकुट भएको हो ।

दुई पक्ष बिच भएको कुटाकुटमा वडाअध्यक्ष असलम सहित उनका भाई नाजिर देवान ,नासिर देवान र ईरफान देवान घाईते भएको स्रोतले जनाएको छ ।

जसमा असलम र नासिरलाई गम्भीर चोट लागेको छ । घाईते सबैजनाको नारायणी बयोध्या अस्पतालमा उपचार भईरहेको छ ।

स्रोतका अनुसार मुस्तकिम अन्सारी ,ईम्तियाज अंसारी ,चाँद महम्द ,दिलसाद अंसारी ,सम्सुल्लाह मियाँ अन्सुरी , अनवारुक हकले लगायतले कुटपिट गरेका छन ।

स्थानीयका अनुसार २०७४ सालको स्थानीयतहको निर्वाचनमा असलम माओबादी केन्द्रबाट उम्मेदवार बनेर बिजयी भएका थिए भने एमालेबाट उम्मेदवार बनेर मुस्तकिम केहि मतान्तरले पराजित भएका थिए ।
हाल दुबै जना नकेपा एमाले पार्टी मै रहेका छन ।

दुबै जनाले आफ्नो टिकटका लागी दाबेदारी रहेका छन । यीनीहरु बिच राजनितिक द्धन्द रहेको र स्थानीय निर्वाचन नजिकिए संगै विवाद सुरु भएको छ ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: