Thursday, April 18, 2024
spot_img
Homeफिचरबाराको पचरौतामा जसपाले टुंग्यायो मेयर उपमेयरका उम्मेद्‍वार

बाराको पचरौतामा जसपाले टुंग्यायो मेयर उपमेयरका उम्मेद्‍वार

वीरगन्ज,६ बैशाख /

बाराको कान्छो नगरपालिका पचरौता नगरपालिकामा जनता समाजवादी पार्टी जसपा नेपालले मेयर र उपमेयरका उम्मेद्‍वार चयन गरेको छ । वर्तमान मेयर रमेशकुमार यादवलाई नै जसपाले मेयरमा उठाउने छ ।

यस्तै उपमेयरमा सगूफा खातुनलाई सर्वसम्मत रुपमा सिफारिस गरिएको जसपा नेता अवधभुषण यादवले जानकारी दिए ।

२०७४ को चुनावमा यादव तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट मेयर चुनिएका थिए । उनले २ हजार ६४२ मत ल्याएका थिए । निकटम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका जलन्धर सिंह जैसवारले २ हजार १३३ मत ल्याएका थिए ।

उपमेयरमा भने तत्कालीन राष्ट्रिय जनता पार्टीबाट इन्दुकुमारी निर्वाचित भएकी थिइन् । २ हजार ५४६ मत ल्याएकी उनले संघीय समाजवादी फोरमकी ललिता कुमारीलाई ३७ मतले हराएकी थिइन् ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: