Friday, March 1, 2024
spot_img
Homeफिचरयुवा नेता कनिश पटेलको मेयरमा नाम सिफारिस

युवा नेता कनिश पटेलको मेयरमा नाम सिफारिस

वीरगन्ज ,५ बैशाख /
अनेरास्ववियुका केन्द्रिय सचिव एवं मधेस प्रदेश इन्चार्ज कनिश पटेलको मेयर पदमा नाम सिफारिस भएको छ ।

रौतहटको बौधीमाई नगरपालिकाको लागि नेकपा एमालेको तर्फबाट उनको मेयर पदमा नाम सिफारिस भएको हो ।

नेकपा एमाले बौधीमाई नगर कमिटीका अध्यक्ष समेत रहेका पटेल युवामा लोकप्रिय नेताको रूपमा परिचीत छन ।

यसपटक टिकट पाए उनले जित्ने प्रशस्त आधार रहेको स्थानीयबासीहरु बताउँछन् ।

स्थानीयका अनुसार युवा नेता पटेलले टिकट पाए बहुमतका साथमा मेयरमा जित्ने आधार रहेको छ ।

विद्यार्थी राजनीति गरेर अलग पहिचान बनाएका उनले मेयरमा निर्वाचित भए बौधीमाई नगरपालिकाको कायापलट हुने देखिन्छ ।

अगामी बैशाख ३० गतेका लागि स्थानीयतहको निर्वाचनको मिति तोकिएको छ । भने बैशाख ११ र १२ गते उम्मेदवारी दर्ता गराउने समय छ ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: