Saturday, February 24, 2024
spot_img
Homeफिचरपर्सामा कांग्रेस र जसपाले छुट्टा-छुट्टै चुनाव लड्ने

पर्सामा कांग्रेस र जसपाले छुट्टा-छुट्टै चुनाव लड्ने

वीरगन्ज ,४ बैशाख /

चुनावी तालमेलको विषयलाई लिएर देशभरि चर्चा भइरहेका बेला वीरगञ्ज महानगरपालिकामा सत्तारुढ दलबीच चुनावी गठबन्धन नहुने पक्का भएको छ।

स्थानीय नेता कार्यकर्ताले चुनावी तालमेलको चर्को विरोध गरेपछि गठबन्धनमा रहेका नेपाली कांग्रेस र जनता समाजवादी पार्टी जसपाले वीरगञ्ज महानगरसहित पर्साका सबै पालिकामा छुट्टा-छुटटै चुनाव लड्ने सहमति गरेका छन्।

यो सहमतिले अब वीरगञ्ज महानगरमा सत्तागठबन्धनका दलहरुबीच चुनावी तालमेल नहुने निश्चित भएको हो। कांग्रेसका जिल्ला सभापति र जसपाका जिल्ला अध्यक्षले शनिबार बेलुकी संयुक्त विज्ञप्ति जारी गरेर वीरगन्ज महानगरसहित पर्साका सबै पालिकामा छुट्टा-छुटटै चुनावी प्रतिस्पर्धा गर्ने सहमति भएको घोषणा गरेका हुन्।

कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्री र जसपाका जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादवले जारी गरेको संयुक्त विज्ञप्तिमा स्थानीय तहको निर्वाचनमा वीरगञ्ज महानगरसहित पर्साका १४ वटै स्थानीय तहमा कांग्रेस र जसपाले छुट्छाछुटटै प्रतिस्पर्धा गर्ने उल्लेख छ।

स्थानीय नेता कार्यकर्ताको मनोभावनाको कदर गर्दै दुवै दल जसपा र कांग्रेस०ले छुट्टा-छुट्टै मित्रवत् चुनावी प्रतिस्पर्धा गर्ने सहमति गरेको विज्ञप्तिमा उल्लेख छ।

कांग्रेस पर्साका सभापति क्षेत्रीले जिल्लाका नेता कार्यकर्ताहरुको मनोभावना बुझेर यस्तो सहमति गरिएको बताए। ‘सत्तागठबन्धनमा वीरगञ्ज महानगरका लागि मुख्यरुपमा कांग्रेस र जसपा दुवैको दाबी थियो। अब यी दुई दलको जिल्ला नेतृत्वले नै तालमेल नगरी छुट्टाछुट्टै प्रतिस्पर्धा गर्ने सहमति गरेपछि केन्द्रलाई पनि सहज भएको छ,उनले भने।

जसपा अध्यक्ष यादवले स्थानीय स्तरमा तालमेल हुन नसक्ने देखिएपछि छुट्टै प्रतिस्पर्धा गर्ने सहमति गरिएको बताए।

केन्द्रमा सत्ता गठबन्धन दलहरुबीच भइरहेको तालमेलसम्बन्धी छलफलमा वीरगञ्ज महानगर जसपाको भागमा पर्ने समाचार सार्वजनिक भएपछि कांग्रेसका स्थानीय नेता कार्यकर्ताले त्यसको चर्को विरोध गर्दै आएका थिए।

०७४ को निर्वाचनमा वीरगन्ज महानगरसहित ७ पालिकामा जसपाले जितेको थियो। कांग्रेसले भने दुई नगरपालिका र १ गाँउपालिका गरी ३ वटा पालिकामा मात्र जितेको थियो।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: