Friday, March 1, 2024
spot_img
Homeफिचरकालिकामाईका जसपा नेता कुर्मी एमालेमा प्रवेश

कालिकामाईका जसपा नेता कुर्मी एमालेमा प्रवेश

वीरगन्ज ,४ बैशाख /
कालिकामाई गाउपालिका वडा नम्बर १ का जनता समाजवादी पार्टीका नेता मोतिलाल प्रसाद कुर्मी नेकपा एमालेमा प्रवेश गर्नु भएको छ । आफ्नो सयौ कार्यकता र समर्थक सहित कुर्मीले एमाले प्रवेश गर्नु भएको हो । जसपा बाट स्थानिय तह संगै प्रदेश र केन्द्र सम्मको संचालन र विकाशको प्रष्ट एजेण्डा नरहेको कारण आफुले परित्याग गरि समृद्धि र मुलुकको सता संचालन गर्न स्पष्ट खाका कोरेको एमालेमा आब्द्ध भएको बताउनु भयो ।
शनिवार साझ नेकपा एमालेका केन्द्रीय सदस्य एवं पर्सा ईन्चार्ज प्रभु हजरा, पर्सा अध्यक्ष जयप्रकाश थारू , जिल्ला कमिटी सदस्य शुनिल चौरसिया ,पालिका अध्यक्षका प्रस्तावित उम्मेदवार पवन तिवारी, धोबनी गाउपालिकाका उपमेयर पारस कुर्मी,रामदेव दास लगायतका नेताहरूले कुर्मीलाई टीका माला लगाएर स्वागत गरेका थिए । कार्यक्रम कालिकामाई पालिका कमिटी अध्यक्ष अनुप तिवारीको सभापतित्वमा सम्पन भएको थियो ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: