Friday, March 1, 2024
spot_img
Homeफिचरवडा अध्यक्षका उम्मेदवार सुशिल सिंह क्षेत्री आफ्नो सक्रियता बढाए

वडा अध्यक्षका उम्मेदवार सुशिल सिंह क्षेत्री आफ्नो सक्रियता बढाए


वीरगन्ज,३ बैशाख /

वीरगन्ज महानगरपालिका वडा नम्बर ५ मा जनता समाजवादी पार्टीबाट वडा अध्यक्ष पदका उम्मेदवार बनेका सुशिल सिंह क्षेत्री आफ्नो सक्रियता बढाएका छन ।

वडा नम्बर ५ मा यसपटक निर्वाचन जित्नका लागी सिंहले जनताको घरदैलोमा पुग्न थालेका छन ।

शनिबार बिहान सिंह विभिन्न टोलको युवा र स्थानीयबासीहरु संग छलफल गरेका छन ।

स्थानीयबासीको आग्रहमा उम्मेदवार बनेका सिंहलाई स्थानीयबासीले जिताउनै पर्न आधार दिन थालेका छन ।

समाजिक र सालिन स्वभावका व्यक्ति सिंहलाई वडा अध्यक्षमा निर्वाचित गराए वडामा विभिन्न किसिमको परिवर्तन हुने आशा स्थानीयहरुको छ ।

१५ बर्षदेखि निरन्तर जनता कै साथमा रहेका सिंह निर्वाचन हारेपनि जिते पनि संगै रह्ने प्रतिवद्धता गर्दै आएका छन ।

अगामी बैशाख ३० मा देशभर एकैपटक स्थानीयतहको निर्वाचनको समय तोकिएको छ ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: