Friday, March 1, 2024
spot_img
Homeफिचर६ बर्षिय बालिका बलात्कार गरेको आरोपमा ५५ बर्षिय पलट चौधरी पक्राउ

६ बर्षिय बालिका बलात्कार गरेको आरोपमा ५५ बर्षिय पलट चौधरी पक्राउ

वीरगन्ज,२ बैशाख /
बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ५५ बर्षिय पलट चौधरीलाई आज पर्सा प्रहरीले पक्राउ गरेको छ । गत चैत्र २६ गते दिउँसो १ बजे बारा जिल्ला प्रसौनी गाउँपालिका वडा नम्बर ५ स्थायी घर भई हाल जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ निवासी ५५ बर्षिय पलट चौधरीले बीरगंज महानगरपालिका वडा नम्बर १६ नगवामा ६ वर्षीया बालिका खेल्न आएको मौका छोपी आफू बस्ने गरेको घरको कोठाभित्र लगेर बालिकालाई जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा पिडित बालिकाको अभिभावकहरुले आज जिल्ला प्रहरी कार्यालय पर्सामा बालिका बलात्कार भएको किटानी जाहेरी दिएपछि सोको आधारमा पलट चौधरीलाई आज विहान ११ बजे निजको घरबाट पक्राउ गरी जबरजस्ती करणी सम्बन्धी कसूरमा अनुसन्धान अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं डिएसपी ओम प्रकाश खनालले बताउनुभयो ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: