Friday, March 1, 2024
spot_img
Homeफिचरकांग्रेसका निर्वाचित वडाअध्यक्ष पटेल एमालेमा प्रवेश

कांग्रेसका निर्वाचित वडाअध्यक्ष पटेल एमालेमा प्रवेश

वीरगन्ज,२ बैशाख /

पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ७ का वडाअध्यक्ष नेकपा एमालेमा प्रवेश गरेका छन् । नेपाली कांग्रेसबाट निर्वाचित वडाअध्यक्ष प्रभु पटेलले नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

नेकपा एमाले बहुदरमाई नगर कमिटिले शुक्रवार पिपरामा आयोजना गरेको एक कार्यक्रमका बिच पटेलले पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

पटेललाई नेकपा एमालेका केन्द्रिय सदस्य एवम् संविधान सभा सदस्य राजकुमार गुप्ता, नेकपा एमालेका नेता एवम् एमालेबाट बहुदरमाई नगरपालिकाको नगरप्रमुखका आकांक्षी शिब पटेलले पार्टीमा अबिर र फुलमाला लगाएर स्वागत गरेका हुन् ।

पटेलसँगै बहुदरमाई नगरपालिका वडा नम्बर ९ का वडा सदस्य महमद फकरुदिन र मोतिलाल साहलाई टिका र गम्छा लगाई पार्टी प्रवेश गराएका हुन् । वडाअध्यक्षसहित वडा सदस्यहरुले पनि पार्टीमा प्रवेश गर्नुले नेकपा एमालेप्रतिको आकर्षण बढेको स्पष्ट भएको संविधान सभा सदस्य गुप्ताले बताए । नेकपा एमाले नै अब जनताको सुख, दुःख बुझ्ने अनि अनि जनताका समस्यामा साथ दिने पार्टी भएको गुप्ताको भनाई छ ।

नेकपा एमालेका नेता शिव पटेलले अब समृद्धीका लागि एमालेलाई अवसर दिनुपर्नेमा जोड दिए । मधेशको समृद्धि अब एमालेले नै गर्ने उनको दावी छ ।

कार्यक्रममा नेकपा एमाले पर्साका सचीव एवम् छिपहरमाइ गाउँपालिकाका अध्यक्ष मनोज गुप्ता, जिल्ला कमिटि सदस्यत्रय ध्रुब साह, पुरन कुर्मी, केदारनाथ तिवारी, नेकपा एमालेका नेता तेजप्रकाश निशाद, प्रमोद कुशवाहा, बहुदरमाई नगरपालिका का बोर्ड सदस्य मुखदेव साह कानु लगायतको उपस्थिती रहेको थियो ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: