Monday, February 26, 2024
spot_img
Homeफिचरमाओवादी केन्द्र पर्साको कार्यालयमा आन्तरिक विवादका कारण तोडफोड

माओवादी केन्द्र पर्साको कार्यालयमा आन्तरिक विवादका कारण तोडफोड

वीरगन्ज,३० चैत /
नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरुले आफ्नै पार्टीको कार्यालयमा तोडफोड गरेका छन् । वीरगञ्जको राधेमाईस्थित पार्टीको कार्यालयमा आन्तरिक विवादका कारण तोडफोड गरेका हुन ।

तोडफोडबाट कार्यलयमा रहेको टेबल, कुर्सी सहित अन्य सामग्रीमा क्षति पुगेको छ । वीरगञ्ज महानगरका ईन्चार्ज रहबर अन्सारीका कार्यकर्ताहरुले पार्टी कार्यालयमा तोडफोड गरेको
नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज विजय महतोले जानकारी दिए । का अनुसार

पार्टी कार्यालयमा तोडफोड गर्नेहरुले गुण्डा शैलीमा आक्रमण गरेको महतोको आरोप छ । “केही कुरा समेत नराखी गुण्डा शैलीमा आएर कार्यालयका सामग्री तोडफोड गरे, तालाबन्दी समेत गरे । केही समस्या छ भने छलफल गर्नुपर्छ,” महतोले भने ।

रहबर अन्सारीका स्वकिय सचिव जुवेर आलम, वीरगञ्ज महानगरका उपाध्यक्षद्वय अनीरुद्ध यादव र जुमादीन अन्सारी लगायतले तोडफोड गरेको महतोको आरोप छ ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: