Friday, March 1, 2024
spot_img
Homeफिचरनगरप्रमुख सरावगीलाई एमालेले उम्मेदवार बनाउने

नगरप्रमुख सरावगीलाई एमालेले उम्मेदवार बनाउने

वीरगन्ज,३० चैत /
वीरगन्ज महानगरपालिकाको नगरप्रमुख विजय सरावगीलाई स्थानीय तहको निर्वाचनमा मेयरको उम्मेदवार बनाउन केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको छ ।
बुधबार महानगरपालिकाको नगरप्रमुख सरावगीलाई उम्मेदवारमा बनाउन सर्वसम्मत रुपमा केन्दमा सिफारिस सिफारिस गर्ने निर्णय गरेको हो ।
गत फागुन २८ मा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओली वैवाहिक समारोहमा वीरगन्ज आएको बेला नगरप्रमुख सरावगी एमाले प्रवेश गरेका थिए ।
बैठकमा सचिव सुन्दर कर्मीले मेयर पदका लागि विजय सरावगीको नाम प्रस्ताव गरेपछि समर्थन जनाइएको एमाले महानगर कमिटी उपाध्यक्ष महेश दासले जानकारी दिए ।
उनका अनुसार उपमेयर र वडाध्यक्षको नाम टुंगो लगाउन बुधबारको बैठकले महानगर कमिटीको पदाधिकारीलाई जिम्मा दिएको छ ।
एमाले वीरगन्ज महानगर कमिटीको पूर्ण बैठकले गत स्थानीय चुनावमा सरावगी तत्कालीन संघीय समाजवादी फोरमबाट मेयरमा विजयी भएका थिए ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: