Thursday, April 18, 2024
spot_img
Homeफिचरठुला दलहरुले विदेशीको दलाली गर्दै आएका छन –रेखा थापा

ठुला दलहरुले विदेशीको दलाली गर्दै आएका छन –रेखा थापा

वीरगन्ज,२९ चैत /
राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य रेखा थापाले केहि बर्ष अगाडी प्रदेश सरकारको ‘बेटी बचाउ बेटी पढाउ’ अभियानमा सहभागी भएर यो प्रदेशको समस्या बुझेकाले राप्रपालाई मतदान गर्न बताएकी छन ।
उनले मधेश प्रदेश सरकारको अभियानमा सहभागी भएर मधेशको दाईजो प्रथा सहितका विभिन्न समस्यालाई नजिकबाट हेरेकाले समाधानका निम्ति मतदान गर्न बताएकी हुन । मंगलबार वीरगन्जमा आयोजित विशाल आमसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन ।
उनले विगतको समस्यामा नबोलेका दलहरुलाई पटक पटक मतदान गरेर जिताउनु भन्दा राप्रपालाई एक पटक भएपनि अवसर दिन अपिल गरीन ।
केन्द्रिय सदस्य थापाले मधेश प्रदेशमा नेतृ नभएर होईन छोरी भएर सहभागी भएका कारण यहाँको समस्या समाधानका निम्ति सेवाको मौका दिन आग्रह गरीन ।
उनले विगतमा पटक पटक मतदान गर्दै आएको पार्टीले नै विचार बेचेर खाएको र विदेशीको दलाली गर्दै आएको आरोप लगाईन ।
‘मधेशले भोग्दै आएको दाईजोे ,अशिक्षा ,महिला हिंसाका घटना रोक्न र यस्ता समस्या समाधान र देश परिवर्तनका लागी हलोमा मतदान गर्न बताईन ।
अब मधेशबासीहरु आफ्नो सोझोपना हटाएर दिर्घकालिन समस्या समाधानका निम्ति यो पार्टीलाई साथ दिन आग्रह गरीन ।
मधेश प्रदेश सरकारले यहाँका समस्या समाधान गर्न नसकेकाले अब राप्रपाले परिवर्तन गर्न उनले जिकिर गरीन ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: