Thursday, May 30, 2024
spot_img
Homeफिचरदेश बनाउन अभियानका निम्ति वीरगन्ज आएका छौ –राजेन्द्र लिङदेन

देश बनाउन अभियानका निम्ति वीरगन्ज आएका छौ –राजेन्द्र लिङदेन

वीरगन्ज,२९ चैत /
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले विगतमा मतदान गरेर साथ दिएका दलको अबको निर्वाचनमा जनताले समिक्षा गर्न समय आएको बताएका छन ।
उनले लामो समय सम्म खाएको दलहरुको समिक्षा गरेर देश बनाउनका लागी अहिले राप्रपाको आवश्यकता भएकाले मतदान गर्नलाई आग्रह गरे ।
वीरगन्जमा आयोजित विशाल आमसभालाई सम्बोधन गर्दै उनले पटक पटक भएको चुनावमा ठिक दल र ठिक व्यतिmलाई मतदान गर्न नसकेकै कारण देश अहिले पछाडी परेको उनको भनाई छ ।
करिब ३१ बर्ष सम्म देशको नेतृत्व गरेकाहरुले सिटामोल औषधी लाई समयमा उपलब्ध गराउन सक्दैन भने देश बनाउनेमा बिश्वास गर्न वातावरण नरहेको बताए ।
करिब ३ दशकको अवधिमा विभिन्न मुलुक कहाँ बाट कहाँ पुग्यो तर नेपालमा अहिले पनि किसानलाई आवश्कता परेको बेलामा मल नपाउने समस्या मै यथाावत रहेको बताए ।
देश बनाउने अभियनामा विभिन्न स्थानमा पुगेको स्मरण गराउँदै उनले आफुहरु पार्टीको प्रचार गर्नु भन्दा अब जनतालाई जागरुक बनाउन ठाँउ ठाँउमा पुगेको बताए ।
अध्यक्ष लिङदेनले पटक पटक मतदान गरेर सरकारमा पुर्याएको दलहरुलाई अब कति पटक मतदान गरेर सरकारमा पुरर्याउने त ? अब त परिवर्तनको आवश्यकता छ ,देशलाई बचाँउन विगतमा मतदान गर्दै आएका दलहरुलाई छोडेर देश बनाउने अभियानमा जोडिन आग्रह गरे ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: