वडाअध्यक्ष हबिब मियाँ एमाले प्रवेश गरे

0
5

वीरगञ्ज, २८ चैत । वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ लिपनीविर्ताका वडाअध्यक्ष हबिब मियाँ नेकपा एमालेमा प्रवेश गरेका छन् ।

नेपाली काङ्ग्रेसबाट निर्वाचित भएका वडाअध्यक्ष मियाँ सोमवार नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

वडाअध्यक्ष मियाँलाई नेकपा एमाले पर्साका निर्वतमान अध्यक्ष एवम् जिल्ला संविधान सभा सदस्य बिचारी यादव, ईन्चार्ज प्रभु हजरा, प्रदेश कमिटी सदस्य बसरुदिन अन्सारी, वीरगञ्ज महानगरपालिकाका मेयर बिजय कुमार सरावगी लगायतले माला र खादा लगाएर पार्टीमा स्वागत गरेका हुन् ।

Leave a Reply