Thursday, April 18, 2024
spot_img
Homeफिचरजसपाबाट निर्वाचित वडा अध्यक्ष सहित सम्पुर्ण कार्य समितीनै एमालेमा प्रवेश

जसपाबाट निर्वाचित वडा अध्यक्ष सहित सम्पुर्ण कार्य समितीनै एमालेमा प्रवेश

वीरगंज, २८ चैत्र /
जसपाबाट  निर्वाचित पोखरीया नगरपालिका वडा नम्बर ७ रानीगंजका वडा अध्यक्ष नन्दलाल पटेल सहित सम्पुर्ण कार्य समिति आज नेकपा एमालेमा प्रवेश गरेका छन । पोखरीयामा आज आयोजित बिशेष समारोहका बिच वडा अध्यक्ष पटेल सहित वडा सदस्य रामअयोध्या पटेल,रैसुदिन मियाँ अंसारी, वोर्ड सदस्य मैनागा देवी ,सुगन्धी देवी लगायत ३५० जना जसपा परित्याग गरि एमाले प्रवेश गरेका हुन । नव प्रवेशीलाई केन्द्रिय सदस्य एवं पर्साका सहईन्र्चाज राजकुमार गुप्ताले फुलमाला लगाई स्वागत गरेका थिए ।कार्यक्रमलाई सम्बोधन गर्दै नेता गुप्ताले नवप्रववेशी नेताहरुलाई पार्टीमा उचित सम्मान र व्यवस्थान गरिने जानकारी  दिनुभयो ।उहाँले पोखरीयाको बिकाशको लागि एमाले नेतृत्वको सरकार आवश्यक पर्ने भएकोले आउने चुनावको मत परिणाम आफनो पक्षमा पार्न काम गर्न निर्देशन समेत दिनुभयो ।  कार्यक्रममा संबिधान सभाका सदस्य प्रधुम्न चौहान लगायत नेताहरुको सहभागिता थियो । 
 

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: