बरिष्ठ पत्रकार खतिवडा वडाअध्यक्ष पदको अब्बल उम्मेदवार

0
20

वीरगन्ज,२७ चैत /
वीरगन्जका बरिष्ठ पत्रकार शंकर खतिवडाले बैशाख ३० मा हुन थालेको स्थानीय निर्वाचनमा लड्ने दाबि गरेका छन । वीरगन्ज महानगरपालिका ६ गहवा निवासी पत्रकार खतिवडा वडाअध्यक्ष पदमा निर्वाचन लड्ने दाबि गरेका हुन ।
पत्रकार खतिवडाले करिब ४० बर्ष देखि निरन्तर पत्रकारीता मार्फत आवाज बिहिनहरुको आवाज लेखेको र बोलेको कारण अब जनता कै सेवा गर्न चुनाव लड्ने बताए ।
उनले लोकतन्त्र कै लागी वकालत गर्दै आएको बताउदै यसपटक नेपाली कांग्रेसबाट वडाअध्यक्ष पदमा भिड्ने बताए । पत्रकार खतिवडाको करिब ३० बर्ष देखि मोर्चा सप्ताहिक पत्रिका निरन्तर प्रकाशित हुदै आएको छ । उनले लामो समयदेखि पत्रकार भएर वडा कै मात्र नभई वीरगन्जको समस्या पहिचान गरेर समाधान गर्न क्षमताले वडा अध्यक्षका लागी आफु अब्बल उम्मेदवार रहेको जिकिर गरे ।

Leave a Reply