Friday, March 1, 2024
spot_img
Homeजीवनशैलीपर्सामा बैशाख ५ देखि टाईफाईड बिरुद्धको खोप अभियान संचालन हुने

पर्सामा बैशाख ५ देखि टाईफाईड बिरुद्धको खोप अभियान संचालन हुने

वीरगन्ज,२७ चैत /

पर्सामा बैशाख ५ गते देखि टाईफाईड बिरुद्धको खोप अभियान संचाल्न हुने भएको छ । देशभरि चैत्र २५ गदे देखि अभियान शुरु भएतापनि पर्सामा भने बैशाख ५ गते देखि मात्र संचालन हुन लागेको आयोजकले जनाएको छ । आयोजकले पर्सामा १५ महिना देखि १५ बर्ष मुनिका करिब दुई लाख ४३ हजार बालबालिकालाई खोप दिने लक्ष्य रहेको जनाएको छ । स्वास्थ्य कार्यालय पर्साका प्रमुख नवलकिशोर साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विश्व स्वास्थ्य संगठन मदेश प्रदेशका डा .सुरेश शुक्लाले खोप अभियानको बारेमा प्रष्ट पारेका थिए । शुक्लाले दक्षिण एसियामै नेपाल अभियान शुरुवात गर्ने पहिलो राष्ट्र भएकोले अभियान संचालन बारे दक्षिण एशियाली मुलुकले नियालि रहेको बताए । उनले खोप अभियान सफल पार्न बिद्यालय संग समन्वय भएको बताए बताए । उनले खोप पुर्णरुपमा सुरक्षित भएकोले परिभाषित बालिबालिकालाई ढुक्क साथ लगाउन आग्रह गर्नुभयो । कार्यक्रममा स्वास्थ्य कार्यालय पर्साका क्षयरोग प्रमुख बिनोद झा लगायत संचारकर्मीहरुको उपस्थिती थियो । कार्यक्रमको सहजीकरण खोप फोकल पर्सन भागीरथ चौधरीले गरेका थिए ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: