Monday, February 26, 2024
spot_img
Homeफिचरप्रेस चौतारी बाराको सचिवमा यादव मनोनीत

प्रेस चौतारी बाराको सचिवमा यादव मनोनीत

वीरगन्ज,२७ चैत / प्रेस चौतारी नेपाल, बाराको बैठक जीतपुरसिमरा उपमहानगरपालिका–१८ स्थित बडहर्वामा सम्पन्न भएको छ । चौतारी बाराका अध्यक्ष दिवाकर भण्डारीको अध्यक्षतामा जिल्ला कमिटीको दोस्रो बैठक शनिवार सम्पन्न भएको हो । बैठकले रिक्त रहेको जिल्ला कमिटीको सचिवमा जिउतप्रसाद यादवलाई मनोनीत गरेको छ । चौतारी बाराका सचिव अनिल तिवारी प्रदेश अधिवेशनबाट उपाध्यक्ष पदमा निर्वाचित भएपछि उक्त पद रिक्त भएको थियो ।

उक्त पदमा यादवलाई मनोनीत गर्ने जिल्ला कमिटीले सर्वसम्मत निर्णय गरेको हो । यादव चौतारी बाराको जिल्ला कमिटी सदस्य थिए । यसैगरी, जिल्ला कार्यसमितिमा रिक्त अन्य सदस्य पदमा सचिवालयको बैठकले मनोनीत गर्ने निर्णय गरेको छ । यसैगरी, बैठकले निजगढ–२ का क्यान्सरपीडित राधाकृष्ण सापकोटाको उपचारार्थ १० हजार पाँच सय ५५ रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।

बैठकले आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी चैत २९ गते निजगढमा हुने मधेस प्रदेश भेलालाई भव्यरूपमा सफल पार्न व्यवस्थापनको सम्पूर्ण कार्य जिल्ला शाखाले गर्ने निर्णय गरेको छ ।

नेकपा एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुखको आतिथ्यमा हुने उक्त भेलामा एमाले केन्द्रीय सचिव रघुवीर महासेठ, स्थायी कमिटी सदस्य प्रभु साह, केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजाल, पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, अच्युत मैनाली, ज्वालाकुमारी साह, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, केन्द्रीय प्रचार विभाग सदस्य महेश दास, महासचिव हीरामान लामासहित एमालेको केन्द्रीय, प्रदेश, प्रेस चौतारी नेपाल मधेस प्रदेश कमिटीसहित आठवटै जिल्लाका अध्यक्ष र सचिव, आठवटै जिल्लाका एमाले प्रचार विभागका प्रमुखलगायतको सहभागिता रहनेछ ।

बैठकले बाराको प्रतिनिधित्व गर्दै प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सचिवमा निर्वाचित भई मधेस प्रदेश इन्चार्जको जिम्मेवारी प्राप्त गरेका कमलकुमार उपाध्याय, केन्द्रीय सदस्यमा निर्वाचित भई प्रदेश सहइन्चार्जको जिम्मेवारी प्राप्त गरेका अच्युत पौडेल, प्रदेश अधिवेशनबाट उपाध्यक्ष पदमा निर्वाचत अनिल तिवारी, सदस्यमा निर्वाचित सपना ढकाल, शम्भु महतो, भवानी सुवेदीलाई बधाई ज्ञापन गरेको छ । यसैगरी, बैठकले आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको चुनावी अभियानमा सहयोग पु¥याउन सङ्गठनको भूमिकालाई प्रभावकारी बनाउने निर्णय गरेको छ ।

बैठकमा चौतारीका केन्द्रीय सचिव एवं मधेस प्रदेश इन्चार्ज कमलकुमार उपाध्याय, केन्द्रीय प्रतिनिधि पुष्पराज खतिवडा, प्रदेश सदस्य शम्भु महतो, भवानी सुवेदी, नेपाल पत्रकार महासङ्घ बाराकी उपाध्यक्ष लक्ष्मी पाण्डे, सचिव अनिल गौरव, कोषाध्यक्ष श्याम गुप्ता, प्रेस चौतारी बाराका उपाध्यक्ष राधेश्याम पटेल, महिला उपाध्यक्ष निलिशा बर्मा, सहसचिव इन्दिप कोइरालासहित चौतारी बाराको जिल्ला कार्यसमितिका सदस्य, चौतारीबाट नेपाल पत्रकार महासङ्घमा निर्वाचित पदाधिकारी र सदस्यको सहभागिता थियो ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: