Saturday, February 24, 2024
spot_img
Homeफिचरभ्रष्टाचारको अभियोगमा सरावगीलाई हतकडी लगाउने सिंहको चेतावनी

भ्रष्टाचारको अभियोगमा सरावगीलाई हतकडी लगाउने सिंहको चेतावनी

बीरगंज २६ चैत्र । जनता समाजवादी पार्टीका नेता राजेशमान सिँहले आफु मेयरमा निर्वाचित भए वर्तमान मेयर विजय सरावगीले गरेको भ्रष्टाचारको भण्डाफोर गर्दै उनलाई कानुनी कठघेरामा उभ्याउने चेतावनी दिनु भएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १० ज्योतिनगरमा जसपा वडा ईकाई कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेला एवम् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै सिँहले महानगरपालिकामा भ्रष्टाचार मच्चाउने सरावगीले पहिला गरेको कामका फाईल तानेर हतकडी लगाउने चेतावनी समेत दिनुभयो । आसन्न स्थानीय तहको निर्वाचनमा मेयरमा आफू बिजयी भएमा सबैभन्दा पहिलो काम नै भ्रष्टाचारको भण्डाफोर गर्ने बताउँदै सिँहले भ्रष्टाचारमुक्त महानगर निर्माण गर्ने बताउनुभयो । जसपाबाट वीरगञ्ज महानगरपालिकाका मेयरका उम्मेदवार बन्ने सिंहले सरावगी विरुद्ध आक्रमक रुपमा चुनावी अभियान अगाडी बढाउनु भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यदि आफु मेयरमा निर्वाचित भएमा आफुले गरेका सबै प्रतिबद्धताहरु पूरा नगरे ५ वर्षपछि अनुहारसमेत देखाउन नआउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: