Wednesday, February 28, 2024
spot_img
Homeफिचरप्रसौनी विर्तामा सम्मान कार्यक्रम सम्पन्न

प्रसौनी विर्तामा सम्मान कार्यक्रम सम्पन्न

प्रसौनी विर्तामा सम्मान कार्यक्रम सम्पन्न

वीरगन्ज,२६ चैत / वीरगंज महानगरपालिका वडा नम्बर २३ प्रसौनी बिर्तामा आज सम्मान कार्यक्रम सम्पन्न भएको छ ।  वडा अध्यक्ष अवधकिसोर कुशवाहाको अध्यक्षता एवं संबिधान सभाका सदस्य बिचारी यादवको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । अरुणोदय बाल ई. स्कुलमा सम्पन्न । कार्यक्रममा १७० ज्येष्ठ नगारिक,८६ एकल महिला,१२ जना पुर्ण अपांग र १७०  गर्भवाती महिलालाई सम्मान गरिएको थियो । वडा स्तरिय बजेटबाट ज्येष्ठ नागरिकलाई धोती,गम्छा, गन्जी, गर्भवती महिलालाई होरलिक्स,एकल महिलालाई साडी तथा पुर्ण अपांगलाई दोसल्ला ओढाई सम्मान गरिएको वडा अध्यक्ष अवधकिसोर कुशवाहाले जानकारी दिए । कार्यक्रममा  प्रदेश कमिटी सदस्य बसरुदिन अंसारी,शम्भु गुप्ता, मेघराज पासवान, बाबुराम कौसिक,जिल्ला कमिटी सदस्य ताजुदिन अंसारीले धारणा राखेका थिए । कार्यक्रममा वडा कमिटी सदस्य लालबाबु यादव, कान्तिदेवी महतो, फुलबचनी देवी पासवान,रामप्रसाद यादव , एमालेका नेता अमल यादव मुस्ताक अंसारी लगायतको उपस्थिती थियो । कार्यक्रमा स्वागत मन्तव्य कार्यालय प्रमुख हरिओम चौधरीले गरेका थिए भने सहजीकरण राकेश साहले गरेका थिए । 

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: