Thursday, June 13, 2024
spot_img
Homeफिचरप्रदीप यादव निकट मानिएका रुसतम कांग्रेस प्रवेश गरे

प्रदीप यादव निकट मानिएका रुसतम कांग्रेस प्रवेश गरे

वीरगन्ज,२६ चैत /
जनता समाजवादी पार्टीका वीरगन्ज महानगरपालिका नगर उपाध्यक्ष शेख रुसतम नेपाली कांग्रेसमा प्रवेश गरेका छन । शनिबार एक कार्यक्रमका बिच युवा नेता रुसतम जनता समाजवादी पार्टी परित्याग गरी कांग्रेस प्रवेश गरेका हुन ।
नेता रुसतमको नेतृत्वमा करिब ५ सय जनाले जसपा परित्याग गरेर कांग्रेस प्रवेश गरेको दावि गरीएको छ ।
पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य प्रदीप यादव निकट मानिएका रुसतमलाई वडाअध्यक्ष पदमा टिकट नपाउने भएपछि असन्तुष्ट बनेका थिए ।
आसन्न बैशाखमा ३० हुने निर्वाचनमा वीरगन्ज महानगरपालिका १३ मुर्लीबाट वडाअध्यक्षमा टिकटको दाबेदार रहेका रुसतमलाई पार्टीले नदिने भनेपछि कांग्रेस प्रवेश गरेको स्रोतले जनाएको छ ।
नवप्रवेशीहरुलाई नेपाली कांग्रेस पर्साका सभापति जर्नादन सिंह क्षेत्री उपसभापति रामनारयण कुर्मी , सचिव ईम्तियाज आलम,नेपाली कांग्रेसका नेता अनिल रुगंटा , राजु गुप्ता ,लगायतले पार्टीमा स्वागत गरेका थिए ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: