Thursday, April 18, 2024
spot_img
Homeफिचरवीरगन्ज ५ मा जसपाको वडा भेला सम्पन्न , जसपाले वडा जित्ने नेताहरुको...

वीरगन्ज ५ मा जसपाको वडा भेला सम्पन्न , जसपाले वडा जित्ने नेताहरुको दावि

वीरगन्ज,२६ चैत /
वीरगन्ज महानगरपालिका वडा नम्बर ५ कुम्हाल टोलमा जनता समाजवादी पार्टीको वडा स्तरिय भेला आज सम्पन्न भएको छ । भेलामा सहभागी नेताहरुले स्थानीयतहमा जनता समाजवादी पार्टीका उम्मेदवारलाई वियजी बनाउन निर्देशन दिएका छन ।
जनता समाजवादी पार्टीका नेता एवं वडा अध्यक्ष पदका प्रत्यासी शुशिल सिंह क्षेत्रीको अध्यक्ष्तामा भएको कार्यक्रममा पर्साका क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य प्रदीप यादवले वीरगन्ज महानगरपालिकाको सबै वडा कब्जा गर्ने गरी निर्वाचनमा होमिने कार्यकर्ताहरुलाई निर्देशन दिए ।
उनले यसपटकको निर्वाचनमा वीरगन्ज महानगरपालिकाको यो वडा संगै पर्साको अधिकांश पालिका जसपाले जित्ने दावि गरे ।
प्रतिनिधि सभा सदस्य यादवले २०७४ सालको निर्वाचनमा जनता समाजवादी पार्टी नेपाल नै महानगरपालिकाको मेयर संगै अधिकांश वडा जितेको स्मरण गर्दै उनले यसपाली ५ नम्बर वडा पनि जित्ने जिकिर गरे ।
सहभागी सयौँको जनताले जसपा प्रति विश्वास व्यक्त गर्दै स्थानीय तहको निर्वाचनमा छाता छापमा मतदान गर्ने प्रतिबद्धता व्यक्त गरेको उनले बताए ।
स्थानीयहरूको विश्वासले हामी भित्र हौसला थपिएको छ र थप ऊर्जाका साथ अगाडि बढ्न मनोबल बढेको छ ,’यादवले भने ।
भेलामा नेताहरु श्याबाबु चौरसीया महम्द नुरुलहोदा मियाँ ,कुमार रुपाखेती सहितका स्थानीय नेताहरु सहभागी थिए ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: