Wednesday, February 28, 2024
spot_img
Homeफिचरनिलम्बित सांसद हरिनारायण रौनियारले दिएको रिट सर्वोच्च अदालतद्वारा खारेज, अब उनलाई चुनाव...

निलम्बित सांसद हरिनारायण रौनियारले दिएको रिट सर्वोच्च अदालतद्वारा खारेज, अब उनलाई चुनाव लड्न नपाउने


चैत २५ पर्सा /
चुनाव लड्न अग्राधिकार प्राप्तका लागी दिएको रिट खारेज गरेको हो ।
पप्पु कन्ट्रकसनका सञ्चालक तथा निलम्बित सांसद हरिनारायण रौनियारले चुनाव लड्न पाउन दिएको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।
सर्वोच्च अदालतमा चैत्र २१ ग्ते परेको रिट कायमुकाय प्रधानन्यायधिश दीपकुमार कार्कीको एक नम्बर इजलासले खारेज गरिदिएको हो । अग्राधिकार प्राप्तका लागी परेको फैसलाको रिट खारेज गरेको हो । रिट खारेजसंगै उनि चुनाव लड्न पाउँदैनन् ।
हरिनरायण रौनियार २०७४ को निर्वाचनमा पर्सा–३ बाट निर्वाचित भएका थिए । यसअघि रौनियारले २०७५ र २०७७ मा आफ्नो निलम्बन फुकुवा गर्न माग गर्दै संघीय संसद् सचिवालयमा निवेदन दर्ता गराएका थिए । तर, सचिवालयले सम्बन्धित निकायबाट भ्रष्टाचार नगरेको प्रमाणित नभएको भन्दै फुकुवा गरेको छैन ।
चुनाव जितेको एकवर्ष नवित्दै सांसद रौनियार १९ असोज, २०७५ देखि निलम्बित भएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेपछि उनि स्वत निलम्बित भएका थिए । रौनियारको पप्पु कन्स्ट्रक्सनले बर्दियाको जवदीघाटमा बबई नदीमाथि बनाएको पुल भत्किएपछि अख्तियारले उनीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्बन्धी ऐनको दफा १७ मा सार्वजनिक पद धारण गरेको व्यक्तिलाई भ्रष्टाचार आरोपमा मुद्दा चलेमा उक्त मुद्दा किनारा नभएसम्म स्वतः निलम्बन हुने प्रावधान छ । त्यस्तै, भ्रष्टाचार निवारण सम्बन्धी ऐनको दफा ३३ मा पनि मुद्दा दायर भएपछि सार्वजनिक पद धारण गरेको व्यक्ति स्वतः निलम्बित हुने उल्लेख छ ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: