Wednesday, February 28, 2024
spot_img
Homeफिचरपर्सामा कार्यरत एकै पटक १० जना प्रहरी निरिक्षकहरुको सरुवा

पर्सामा कार्यरत एकै पटक १० जना प्रहरी निरिक्षकहरुको सरुवा


वीरगन्ज,२५ चैत /
नेपाल प्रहरीका प्रहरी निरीक्षकहरूको सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले एकैसाथ ६७३ जनाको सरुवा गरेपछि पर्सामा कार्यरत १० जना प्रहरी निरीक्षकहरूको सरुवामा भएको हो ।
२०७९ वैशाख महिनादेखिको तलबभत्तासमेत हाल सरुवा भएको दरबन्दीबाटै पाउने गरी विभिन्न ठाँउमा सरुवा गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी निरिक्षक कुशल बर्तौलाको जिल्ला प्रहरी कार्यालय चितवन अपराध अनुसन्धान शाखामा ,दिपेश श्रेष्ठको महानगरीय प्रहरी वृत सिंहदरबारमा ,धर्मेश कुमार यादवको प्रदेश नम्बर १ को दंगा नियन्त्रणमा सरुवा भएको छ ।
यस्तै वडा प्रहरी कार्यालय श्रीपुरमा कार्यरत दिनेश गौतमको ईलाका प्रहरी कार्यालय बर्दीबासको महोतरी अपराधन नियन्त्रण शाखामा ,वडा प्रहरी कार्यालय वीर्तामा कार्यरत राजेशराज पुरीको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रिय कार्यालय मातहतमा सरुवा भएको हो ।
त्यस्तै ईलाका प्रहरी कार्यालय पोखरीयामा कार्यरत राजेश थापाको बाग्मति प्रदेश प्रहरी कार्यालय हेटौडामा ,ईलाका प्रहरी कार्यालय पटेवा सुगौलीमा कार्यरत रामकाजी थापाको जिल्ला प्रहरी कार्यालय बारामा र ईलाका प्रहरी कार्यालय ठोरीमा कार्यरत ब्रहमदेव साहको जिल्ला प्रहरी कार्यालय पाँचथर सरुवा भएर पुगेका छन ।
यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालय वीरगन्जमा कार्यरत सुमन कार्कीको प्रहरी प्रधान कार्यालयको बिशेष ब्युरो कार्यालयमा र मधेश प्रदेश विप्द व्यवस्थापन कार्यदल वीरगन्जमा कार्यरत नितेश कुमार सिंहको जिल्ला प्रहरी कार्यालय भोजपुर सरुवा भएर पुगेका हुन ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: