Thursday, April 18, 2024
spot_img
Homeजीवनशैलीकोरोनामा अग्रपंक्तिमा खटिएका ५५ जनालाई सम्मानपत्र प्रदान

कोरोनामा अग्रपंक्तिमा खटिएका ५५ जनालाई सम्मानपत्र प्रदान


वीरगन्ज,२३ चैत /
लायन्स क्लब अफ वीरगन्ज सहयोगीले कोरोना महामारीका क्रममा अग्रपंक्तिमा रहेरसेवा गरेका व्यक्ति तथा संस्थालाई आज सम्मानपत्र प्रदान गरेको छ । सहयोगीले वीरगन्ज विर्तामा रहेको नेपाल औषधी व्यवसायी संघको कार्यालयमा विशेष कार्यक्रम गरी उनीहरुलाई सम्मानपत्र प्रदान गरेको हो ।
कोभिड महामारीको जोखिमका बेला ज्यान जोखिममा राखेर भूमिका निर्वाह गरेका डाक्टर, नर्स, सुरक्षा निकाय, स्वास्थ्य सहयोगी,पत्रकार र संस्थागत गरी ५५ जनालाई सम्मान प्रदान गरीएको लायन्स क्लब अफ वीरगन्ज सहयोगीका अध्यक्ष दिलपाल साहले जानकारी दिए ।
कोरोनाले बढि प्रभावित वीरगन्जका अग्रपक्तिमा रहेर काम गर्नेहरुलाई सम्मान गरीएको अध्यक्ष साहले बताए ।
कार्यक्रममा नारायणी अस्पताल मेडिकल सुपरिडेन्ट डा.रिबेन्द्र बहादुर प्रधान , नारायणी अस्पतालमा कार्यरत डा.निरज सिंह ,डा.उदयनारायण सिंह ,डा.राकेश तिवारी ,डा.जेपी जैसवाल ,डा.सरोज रोसन दास ,डा.कृष्णा अधिकारी,डा.हरिशचन्द्र यादव लगायतकालाई सम्मानपत्र प्रदान गरीएको छ ।
त्यसैगरी कोरोना महामारीको जोखिमका समयमा जनस्वास्थ्यका विषयमा समाचार तयार पारी सेवा दिएवापत संस्थागत रुपमा कालिकाटाईम्स दैनिक ,रातोपाना डटकमलाई सम्मानपत्र प्रदान गरीएको हो ।
यसैगरी जनस्वास्थ्यका विषयमा समाचार तयार पारेका पत्रकारहरु तिवारी यादव र सुर्य बिकलाई पत्रकारितातर्फ सम्मानपत्र प्रदान गरिएको छ ।
यस्तै संस्थागततर्फ नेशनल मेडिकल अस्पताल ,स्पर्श मल्टिस्पेशलिटि अस्पताल ,तराई अस्पताल ,गण्डक अस्पताल ,नेपाली सेना, साहिब दरबार संस्था,ग्रीन सिटि सामुदायिक केन्द्र ,वीरगन्ज महानगरपालिका सरसफाई शाखा , भोलेन्टिर समुहलाई सम्मानपत्र प्रदान गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि लायन रमेश अग्रवालले कोरोना महामारीको जोखिमका समयमा खटिएका सबै व्यक्तित्वलाई सम्मान गर्नुभएको थियो ।
उनले सम्मानित व्यक्ति तथा संस्थालाई बधाई अनि शुभकामना दिदै संकटको बेला अग्रभागमा रहेर भूमिका निर्वाह गरेका सबैको सम्मानको रुपमा बुझिदिन अनुरोध गर्नुभयो ।
कार्यक्रममा जनता समाजवादी पार्टीका नेता राजेशमान सिंह ,लायन्स क्लबका बासु तिमिल्सीना , डिएन अग्रवाल,नेपाली सेनाका मेजर कृष्णा अधिकारी लगायतकाले मन्तव्य राखेका थिए ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: