Thursday, June 13, 2024
spot_img
Homeफिचरबिन्दवासिनीमा तिवारी प्रति जनलहर , बहुमतका साथ जित्ने दावी

बिन्दवासिनीमा तिवारी प्रति जनलहर , बहुमतका साथ जित्ने दावी

वीरगंज / बिन्दवासिनी गाँउपालिकामा परिवर्तन ल्याउन उम्मेदवारी दिन लागेको लोसपाका नेता प्रमोद तिवारीले बताएका छन । आज संचारकर्मी संग कुरा गर्दै तिवारीले गाँउपालिकमा बिद्यमान भ्रष्टाचार र कुशासन अन्त्य गर्न गाँउपालिका प्रमुखमा उम्मेदवारी दिन लागेको बताए । निरन्तर समाज सेव गर्दै आएका तिवारीले पब्लिकको डिमाण्ड अनुसारनै आफु उम्मेदवार बन्न लागेको बताए । वर्तमान जनप्रतिनिहरु गाँउमा बिकाशको नाममा आफनो व्यक्तिगत स्वार्थपुर्तिमा मात्र सिमित भएको आरोप लगाए । कुशल व्यवस्थापक नभए सम्म पालिकाको मुहार फेर्न समस्या हुने तिवारीको कथन थियो । उनले कोरोनाका कारण जारी लकडाउनका कारण पिडित बनेका स्थानियको पिडाका कारण आफु राजनितिमा आउन बाध्य बनेको बताए । उनले कोरोनाकालमा क्षमताले भ्याय सम्म सहयोग गरेको पनि बताए । पालिका प्रमुख र वडा अध्यक्षको असकक्षमताका कारण पालिका पुर्णरुपमा फेलिएर भएको तिवारीले दावी गरे ।तिवारीले पालिकाको बिकाशको लागि मुख्य रुपमा शिक्षा,स्वास्थ्य,कृषि र खानेपानीको बिकाशमा जोड दिनुपर्ने बताए । तिवारीले बेरोजगारी अन्त्यका लागि पालिकामै रोजगारको सृजना र दक्ष जनशक्ति उत्पादनको लागि बिशेष योजना अनुरुपनै काम गर्ने बताए । उनले पालिकाको मुख्य समस्या पहिचान गरी प्राथमिकताको आधारमा समाधान गर्दै जाने लक्ष्य रहेको बताए । तिवारीले अगामी चुनावमा आफनो प्रतिस्पर्थी कोई नरहेको र प्रचण्ड बहुमतका साथ बिजयी हुने दावी गरे ।तिवारीले पालिका अन्र्तगतका १४ वटै गाँउमा आफनो संगठन बिस्तार भईसकेको बताए । तिवारीले आफनो पक्षमा माहौल सृजना भईरहेको जानकारी दिए ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: