Monday, February 26, 2024
spot_img
Homeखेलखुदअन्तरराष्ट्रिय तेक्वान्दो च्याम्पियनशिप चैत २५ मा वीरगन्जमा हुने

अन्तरराष्ट्रिय तेक्वान्दो च्याम्पियनशिप चैत २५ मा वीरगन्जमा हुने


वीरगन्ज,२१ चैत /

वीरगन्जमा पहिलो पटक पर्सा अन्तरराष्ट्रिय तेक्वान्दो च्याम्पियनशिप नेपाल २०७८ हुने भएको छ । अगामी चैत २५ गतेदेखि वीरगन्जको नगरसभा गृहमा पर्सा अन्तरराष्ट्रिय तेक्वान्दो च्याम्पियनशिप हुने भएको हो ।
सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले करिब ३० लाखको लगानी पहिलो पटक अन्तरराष्ट्रिय तेक्वान्दो च्याम्पियनशिप गराउन थालिएको कार्यक्रम संयोजक बिरेन्द्र बहादुर कुर्मी क्षेत्रीले जानकारी दिए ।
उनका अनुसार दुई दिन सम्म चल्ने पर्सा अन्तरराष्ट्रिय तेक्वान्दो च्याम्पियनशिपमा नेपाल ,भारत र बंगलादेशका गरी १७ वटा टिमका करिब ३ सय जना सहभागी हुनेछन ।
पर्सा अन्तरराष्ट्रिय तेक्वान्दो च्याम्पियनशिपमा प्रथम ,द्धितिय र तृतिय हुने टिमले विभिन्न पुरस्कार पाउने उनले बताए ।
यति ठुलो लगानीमा हुन थालेका अन्तरराष्ट्रिय तेक्वान्दो च्याम्पियनशिपमा पर्सा जिल्ला तेक्वान्दो संघका पदाधिकारी र सदस्यहरुको आर्थिक सहयोगमा हुन थालेको बताए ।
पर्सा जिल्ला तेक्वान्दो संघले २०५९ सालबाट नै स्वीकृति लिएर नियमित रुपमा तेक्वान्दो प्रतियोगीता गराउँदै आएको कार्यक्रम संयोजक कुर्मी क्षेत्रीले बताए ।
पर्सा जिल्ला तेक्वान्दो संघका अध्यक्ष गणेश मान श्रेष्ठको अध्यक्ष्तामा भएको पत्रकार सम्मेलनमा पर्सा जिल्ला तेक्वान्दो संघका सहसचिव देवलाल ठाकुर ,कोषाध्यक्ष रोसन गुप्ता , बरिष्ठ सल्लाहकार निशान्त लामिछाने , प्रशिक्षकहरु विजय साह ठकुरी , शकिल शेख , नाजिर हुसेन अंसारी , राजु साह अरुण झा लगायतका सहभागी थिए । पत्रकार सम्मेलनको सहजीकरण मिडिया संयोजक भुषण यादवले गरेका थिए ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: