test
Sunday, June 16, 2024
spot_img
Homeफिचरएमाले अध्यक्ष ओली आमसभालाई सम्बोधन गर्ने वीरगन्ज आउँदै

एमाले अध्यक्ष ओली आमसभालाई सम्बोधन गर्ने वीरगन्ज आउँदै


वीरगन्ज,२१ चैत
/
नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार वीरगन्ज आउने कार्यक्रम तय भएको छ । वीरगन्जमा हुने वृहत पार्टी प्रवेश तथा आम सभामा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको हो ।
सोमबार नेकपा एमाले पर्साले पत्रकार सम्मेलनको आयोजना गर्दै एमालेका अध्यक्ष ओलीको हातबाट टिका लगाएर करिब ५ हजार विभिन्न पार्टीका नेता कार्यकर्ताहरु एमालेमा भित्रयाउने तयारी भएको छ ।
मंगलबार हुने वृहत पार्टी प्रवेश तथा आम सभामा करिब ५० हजार भन्दा बढि सहभागीलाई कार्यक्रममा सहभागी गराईने कार्यक्रम नेकपा एमालेका नेता एवं कार्यक्रम प्रचार प्रसार समितिका संयोजक विचारी यादवले जानकारी दिए ।
मंगलबार साढे ११ बजेको जहाजले काठमांडौबाट सिमरा अवतरण गरेर गाडीले स्थल मार्ग मार्फत वीरगन्ज आउने कार्यक्रम तय भएको उनले बताए । कांग्रेस,माओबादी र जसपा लगायतका विभिन्न पालिकाका नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गर्ने कार्यक्रम रहेको संयोजक यादवले बताए ।

यादवका अनुसार यसअघि फागुन २८ गते अध्यक्ष ओली वीरगन्जमा एउटा बिहेको भोजमा सहभागी भएर वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजय सरावगीलाई एमालेमा प्रवेश गराएका थिए ।

नेकपा एमाले पर्साका अध्यक्ष जयप्रकाश थारुको अध्यक्ष्तामा भएको पत्रकार सम्मेलनमा नेकपा एमाले पर्साका ईन्चार्ज प्रभु हजरा ,केन्द्रिय सदस्यहरु निर्मला देवकोटा ,अरविन्द सिंह,नेताहरु प्रदुमन चौहान बसरुदिन अंसारी, नवराज शर्मा ,संजिव मिश्रा ,श्याम बन्जारा,शिवजी गुप्ता ,मुस्तकिम अंसारी लगायत सहभागी थिए ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments