Saturday, February 24, 2024
spot_img
Homeजीवनशैलीमेयरको चर्चामा रहेका सिंह को हुन ?

मेयरको चर्चामा रहेका सिंह को हुन ?

वीरगन्ज– अगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा वीरगन्ज महानगरपालिकामा त्रिपक्षीय भिडन्त हुने देखिन्छ । एमाले र जसपाबाट क–कसले टिकट पाउने भन्ने पक्का पक्की नै छ । तर, वीरग्न्जको मेयरको प्रबल दावेदार मानिएको कांगेसमा भने अहिलेसम्म कसले टिकट पाउने हो भन्ने टुंगो लागेको छैन् । कांग्रेसबाटै झन्डै आधा दर्जन नेताहरुले मेयरका लागि पार्टीमा दाबी गरिसकेका छन् । नेताहरुको दाबी चलिरहेकै बेला पछिल्लो केही दिनयता महानगरवासीका बीच कांग्रेसमा नयाँ उम्मेदवारको चर्चा चलिरहेको छ । २०४९ सालमा ठाकुरराम बुहुमखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा बिजयी भएका युवा नेता राकेश सिंहले यसपालीको महानगरपालिकाको निर्वाचनमा कांग्रसबाट उम्मेदवार बन्ने विषयले वीरगन्जको राजनीतिक माहोल तताएको छ ।
नेपाल विद्यार्थी संघ ठाकुर राम बहुमुखी क्याम्पसबाट राजनीति सुरु गरेका र हालै सम्पन्न भएको कांग्रेसको महाधिवेशनको लागि प्रतिनिधी छनौटको लिस्टमा लोकप्रिय मत हासिल गरि निर्वाचित भएको नाम हो, राकेश सिंह । नेवि संघको राजनीति गर्ने क्रममा नेता सिंह २०४९ सालमा स्वतन्त्र विद्यार्थी युनियुनको सभापतिमा निर्वाचित भएका थिए । राजनीतिलाई धर्म मानि अनवतरत राजनीति परिवर्तनका लागि अगाडि बढि रहेका छन् । हरेक राजनैतिक आन्दोलनमा सक्रिय आन्दोलनकारीको भूमिका निर्वाह गरेका छन् । जेलनेल भोगेका छन् । पर्सा कांग्रेसमा एक कुशल नेतृत्वकर्ताको रुपमा नेता सिंह मानिन्छन् ।
नेपाली कांग्रेसको केन्द्रिय कार्यसमितिमा भएका अधिकांश नेताहरु सिंहका समकक्षी नै हुन् । पर्सा सभापति जनार्दन सिंह क्षेत्री, संविधानसभा सदस्य अजय द्धिवेदी लगायतका नेताहरु सिंहका राजनीति पार्टनर हुन् । ३ दशकभन्दा पनि लामो राजनैतिक यात्रामा सिंहलाई सधैँ ओझेलमा पारिएको छ । संसदको समानुपातिकको बन्द सूचिमा लगातार ३ पटक पर्न सफल भएपनि राजनीतिक चेपुवाका कारण नेता सिंहलाई सांसद बन्नबाट बञ्चित गरिएको छ । अगामी बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा कांग्रेसमा देखिएका विभिन्न आकांक्षीहरु मध्ये नेता सिंहनै सर्वाधिक चर्चामा छन् । विभिन्न आकांक्षीहरु विगतमा टेस्टेड भइसकेकाले राजनीतिक सुझबुझ भएको र अनुभवी नेताको रुपमा वीरगन्जको जनताले राकेश सिंह जस्तो नेतृत्व पाए परिवर्तको आशा राख्न सकिन्छ । विद्यार्थीकाल देखि राजनीतिमा होमिएका सिंह अरुलाई सुन्ने, बुझ्ने र अध्ययन गर्न सक्ने क्षमता भएको नेता मानिन्छन् । समयानुकूल विकास पूर्वाधार देखि युवा मतदाताको मर्म बुझ्ने क्षमता भएको सिंहले नेपाल विद्यार्थी संघको केन्द्रिय सदस्य हुँदै नेपाली कांग्रेसको राजनीति मार्फत जनताको दुख सुखमा रात दिन लागि परेका हुन्छन् । सिंह हाल कांग्रेसको महाधिवेशन प्रतिनिधी हुन् । समयानुकूल विकास, भ्रष्टाचार न्युनीकरण, सामाजिक न्याय र रुपान्तरणका लागि वीरगन्जवासीको चाहना राकेश सिंहले नै टिकट पाउन भन्ने रहेको बुझिएको छ ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: