Thursday, April 18, 2024
spot_img
Homeफिचरएमाले बीरगन्ज महानगरले चैत्र २५ गते एकै दिन उम्मेदवार छान्ने

एमाले बीरगन्ज महानगरले चैत्र २५ गते एकै दिन उम्मेदवार छान्ने

बीरगन्ज / नेकपा एमाले बीरगन्ज महानगर पालिकाको स्थानीय निर्वाचनका उम्मेदवार एकैदिन छान्ने भएको छ । बीरगन्ज महानगरपालिकाको ३२ वटै वडामा वडाध्यक्ष पदका उम्मेदवार स्थानीय वडा कमिटी मार्फत एकैदिन छनौट गर्ने एमाले बीरगन्ज महानगर कमिटीका उपाध्यक्ष महेश दासले वताए ।

आईतवार सम्पन्न एमाले महानगर कमिटीको पदाधिकारीको बैठकले चैत २५ गते ३२ वटै वडा कमिटीको बैठक गरी आफ्नो वडामा स्थानीय निर्वाचनका लागि वडाध्यक्ष र सदस्यहरुको सिफारिस गर्ने निर्णय गरेको दासले जनाउनु भएको हो ।

वडाबाट सिफारिस आए लगत्तै महानगर कमिटीको बैठकबाट महानगरको प्रमुख, उपप्रमुख , वडा अध्यक्ष एवम् सदस्यहरुको सिफारिस गरिने सचिव सुन्दर कुर्मीले बताउनु भयो ।

आफ्ना वडा र पालिकाका उम्मेदवार सिफारिस गर्दा सकेसम्म सर्वसम्मत रुपमा आवश्यक उम्मेदवार मात्रै सिफारिश गर्न निर्देशन गरेको एमाले महानगर सचिव कुर्मीले वताए । नेकपा एमाले बीरगन्ज महानगर कमिटीका अध्यक्ष राजेन्द्र यादव को अध्यक्षतामा भएको बैठकमा जिल्ला इन्चार्ज केन्द्रीय सदस्य प्रभु हजरा , केन्द्रीय सदस्य निर्मला देवकोटा र पर्सा जिल्ला अध्यक्ष जय प्रकाश थारु को उपस्थिति थियो ।

नेकपा एमाले ले महानगर पालिकाको प्रमुख र उपप्रमुख उम्मेदवारको सिफारिस महानगर कमिटीले गर्ने उक्त सिफारिसमा सम्बन्धित जिल्ला र प्रदेश कमिटीले आफ्नो अन्य राय भए सो समेत उल्लेख गरी सिफारिस गर्ने र निर्णय केन्द्रीय कमिटीले गर्ने व्यवस्था छ ।
यसै गरी महानगरपालिकाको वडा अध्यक्ष र सदस्यहरुको उम्मेदवारको लागि वडा र महानगर कमिटीले सिफारिस गर्ने उक्त सिफारिसमा सम्बन्धित जिल्ला कमिटीले आफ्नो अन्य राय भए सो समेत उल्लेख गरी सिफारिस गर्ने र निर्णय प्रदेश कमिटीले गर्ने केन्द्रीय कमिटीबाट प्राप्त सर्कुरलमा उल्लेख छ ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: