Saturday, February 24, 2024
spot_img
Homeजीवनशैलीप्रजनन् स्वास्थ्य पहिचान घुम्ति शिविरमा ३७ महिलाहरुले चेकजाँच गराए

प्रजनन् स्वास्थ्य पहिचान घुम्ति शिविरमा ३७ महिलाहरुले चेकजाँच गराए

वीरगन्ज,१८ चैत /
पर्साको पोखरीया नगरपालिकामा ‘स्वस्थ महिला ,सुखी परिवार ’ कार्यक्रम अन्तर्गत प्रजनन् स्वास्थ्य पहिचान गर्न घुम्ति शिविर शुक्रबार संचालन भएको छ ।
नगरपालिका कार्यालयको स्वास्थ्य शाखाको आयोजनामा दुई दिने प्रजनन् स्वास्थ्य पहिचान गर्न घुम्ति शिविर संचालन भएको हो ।
बसन्तपुर स्वास्थ्य चौकीमा संचालन भएको घुम्ति शिविरमा ३७ महिलाहरुले चेकजाँच गराएको मध्ये ६ जनाको निशुल्क अप्रेशन हुने स्वास्थ्यकर्मी खुश्बु मिश्राले जानकारी दिईन ।
उनका अनुसार प्रजनन् स्वास्थ्य पहिचान गर्न घुम्ति शिविरमा पाठेघरको मुखको क्यान्सर फेला परेकालाइ निशुल्क अप्रेशन गरीने योजना बनाईएको छ ।
शिविरमा महिलामा प्रजनन स्वास्थ्य सम्बन्धी समस्या रहे नरहेको तत्काल जाँच गरेर समस्या देखिएका विरामीलाई निशुल्क शल्यक्रियाका लागि प्रक्रिया अगाडी बढाईएको मिश्राले बताईन ।
शिविरमा महिलाको पाठेघरको मुखको क्यान्सर जाँच, पिसाव चुहिने रोगको पहिचान र उपचार, आङ खस्ने समस्याको उपचार लगायत महिला प्रजनन सम्बन्धी रोगको परिक्षणको गरिएको थियो ।
‘जाँचका क्रममा शल्यक्रिया गर्नुपर्ने देखिएमा प्रक्रिया अगाडी बढाएर, उनीहरुको निःशुल्क शल्यक्रिया समेत गर्छौ ,’ मिश्राले भनिन् ।
निःशुल्क शल्यक्रियाका लागि विरामीको सम्पूर्ण खर्च शिविरको आयोजक नगरपालिकाको स्वास्थ्य शाखाले व्यहोर्ने उनले बताईन । यस्तै आईतबार पोखरीया अस्पतालमा पनि यो कार्यक्रम संचालन हुने तयारी भएको छ ।
शिविरमा पोखरीया नगरपालिकाका मेयर दिपनारायण रौनीयार , उपमेयर सल्मा खातुन सहभागी भएका थिए ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: