Thursday, April 18, 2024
spot_img
Homeजीवनशैलीशताब्दी पुरुष सत्यमोहन कृति शहर यात्रामा

शताब्दी पुरुष सत्यमोहन कृति शहर यात्रामा

वीरगन्ज,१८ चैत /
संस्कृतिविद् शताब्दी पुरुष सत्यमोहन जोशीको आत्मकथा कृति सत्यमोहन सार्वजनिक भए लगतै शहर यात्रामा निकालिएको छ ।
पत्रकार एवं लेखक गिरीश गिरीको लेखनमा तयार भएको पुस्तक सत्यमोहन शुक्रबार वीरगन्जबाट शहर यात्रामा निकालिएकोे हो ।
ठाकुरराम बहुमुखी क्याम्पसमा पाठशालाले आयोजना कार्यक्रममा लेखक गीरी उपस्थित भएर पुस्तक सत्यमोहन नेपालको विभिन्न शहर लिएर जाने बताए ।
वीरगन्ज निवासी लेखक गरीले सत्यमोहन पुस्तक मार्फत बहुल जातजाति र संस्कृति भएको नेपाललाई लोक संस्कृतिले राष्ट्रिय एकतामा जोड्ने बताए ।
‘सत्यमोहनको आवाज, भावना, नम्रता, व्यक्तित्व, नेवारी गौरव लगायत सबै कुरा पुस्तकमा उल्लेख रहेको बताए ।
लेखक गिरीले आफू नै शत प्रतिशत सत्यमोहन भएर पुस्तक लेखेकोमा सन्तोष प्रकट गरे । नेपाली भाषा–साहित्यमा अलग धार जसरी यो किताबमा आएको उनले बताए ।
लेखक गिरीले पुस्तक तयारीको पृष्ठभूमि सुनाउँदै चार वर्षअघि जोशीका जीवन भोगाइ शृङ्खलाबद्ध लेख्न शुरू गरेर अनलाइन पोर्टलमा प्रकाशन गर्दै गएको र गत वर्ष मात्र प्रकाशन संस्था बुकहिल मार्फत पुस्तकको योजना बनेको बताए ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: