Friday, March 1, 2024
spot_img
Homeफिचरपत्रकार महासंघको ६७ औं स्थापना दिवसमा प्रभातफेरी

पत्रकार महासंघको ६७ औं स्थापना दिवसमा प्रभातफेरी

वीरगन्ज,१६ चैत /

नेपाल पत्रकार महासंघको ६७ औं स्थापना दिवसको अवसरमा वीरगन्जमा आज प्रभातफेरी भएको छ ।

नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष अनुप तिवारीको अगुवाईमा प्रभातफेरी भएको हो ।

घण्टाघर चोकबाट निस्केको प्रभातफेरी नगरको माईस्थान , आर्दशनगर , घडिअर्वा चोक , घुमेर पुन घण्टाघर चोकमा कोण सभामा परिणत भएको थियो ।

कोण सभाका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दीपेन्द्र चौहानले पत्रकार महासंघका प्रथम केन्द्रिय अध्यक्ष किशुन भटटईको स्मरण गर्दै ६७ वर्ष अगाडि निरंकुशताविरुद्ध र स्वतन्त्रताको पक्षमा पत्रकार महासंघ स्थापना गरिएको बताए ।

महासंघ स्थापना भएको ६७ वर्ष बितिसक्दा पनि अझै पत्रकारहरु असुरक्षित अवस्थामा छन्’ उनले भने ।

नेपाल पत्रकार महासंघका मधेश प्रदेश महासचिव श्याम बन्जाराले महासंघ सुदृढ र बलियो नभएसम्म सञ्चारकर्मीहरुको अवस्था सवल नहुने दाबी गरे ।

प्रभात फेरीमा प्रेस चौतारी नेपाल पर्साका उपाध्यक्ष तुलसी भण्डारी ,प्रेस युनियन पर्साका अध्यक्ष रामनारायण कुर्मी , समाजवादी पत्रकार संगठन पर्साका अध्यक्ष मनोज पटेल ,नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का , नेताहरु महेश चन्द्र गौतम , शंकर खतिवडा सहितका पत्रकारहरु सहभागी भएका थिए ।

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: