Friday, March 1, 2024
spot_img
Homeफिचरपर्साका सबै स्थानीय तहका लागि निर्वाचन अधिकृत तोकियो

पर्साका सबै स्थानीय तहका लागि निर्वाचन अधिकृत तोकियो

वीरगञ्ज । निर्वाचन आयोगले आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनमा खटिने प्रयोजनका लागि छनोट भएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नाम सार्वजनिक गरेको छ ।

उक्त निर्वाचनका लागि जिल्ला न्यायाधीश र राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृतलाई यही चैत २९ देखि लागू हुने गरी मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमा नियुक्त गरिने सूचनामा उल्लेख छ ।

पर्साका १४ वटा स्थानीय तहका लागि पनि आयोगले निर्वाचन अधिकृतको नाम सार्वजनिक गरेको हो । जिल्लाको सदरमुकाम वीरगञ्ज महानगरपालिकामा पर्सा जिल्ला अदालतका न्यायाधिश धर्म राज पौडेलले मूख्य निर्वाचन अधिकृतको जिम्मेवारी पाएका छन् । 

RELATED ARTICLES

Leave a Reply

- Advertisment -spot_img

Most Popular

Recent Comments

%d bloggers like this: